कायममुकायम प्रधान सेनापति र भारतीय महामहिम राजदूतबीच भेटवार्ता
काठमाडौं । कायममुकायम प्रधान सेनापति रथी प्रभुराम शर्मा र मित्रराष्ट्र भारतका राजदुत विनय मोहन क्वात्राबीच आज जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।
प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास लिइएको पनि सेनाले जनाएको छ ।