वागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य हुने
काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले राजीनामा दिने भएका छन् भने अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाइने भएको छ । संसदीय दलको नेतामा डोरमणीको प्रस्तावमा अष्टलक्ष्मी शाक्य सर्वसम्मत चयन गरिसकिएको छ ।
एमालेले दलको नेता परिवर्तनको सूचना प्रदेश प्रमुखको कार्यालयलाई दिएको छ । एमाले दलको बैठकमा तीन चार जनाबाहेक सबै सांसद उपस्थित थियो ।
एमालेको एकल वहुमत रहेको वागमती प्रदेशका मुख्यमन्त्री पौडेल ओली पक्षका हुन भने शाक्य नेता नेपाल पक्षमा थिइन् । तर उनले नेपाल समूह छोडेपछि मुख्यमन्त्री बनाउन लागिएको हो ।