नयाँ सरकार गठन ‘भ्यागुताको धार्नी’
काठमाडौं । गएको असार २८ गतेको सर्वोच्च अदालतको परमादेशबाट नेपाली का“ग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका हुन् । असार २९ गते राष्ट्रपति बिद्यादेवी भण्डारीबाट सपथ लिएस“गै प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रबाट दुई र नेपाली का“ग्रेसको तर्फबाट दुई गरी ५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । त्यसयता व्यापारी पृष्ठभूमिका उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्ति गरेका छन् ।
स्वास्थ्य मन्त्रालयमा श्रेष्ठको नियुक्ति प्रकरणमा प्रधानमन्त्री देउवाको निकै आलोचना खेप्नु परेको छ । राजनीतिभन्दा पनि व्यापारी पृष्ठभूमिका श्रेष्ठभन्दा एकसे एक नेता नेपाली काँग्रेसमा छन् । ती सबैलाई पछाडि पार्दै श्रेष्ठ एकाएका राज्यमन्त्री बनेकोमा नेपाली काँग्रेसका अधिकांश नेताहरु तीनछक परेका छन् ।
जारी संसद बैठक अन्त्य गरेर नेकपा एमाले र जनता समाजबादी पार्टी फुटाउनको लागि राजनीतिक दल सम्वन्धी अध्यादेश ल्याएकोमा पनि सरकारले निकै आलोचना खेप्नु पर्यो । संसदमा प्रमुख प्रतिपक्ष दलको भूमिकमा रहेको नेकपा एमालेले मुखै खोलेर सरकारको कडा शब्दमा आलोचना गरेको छ । सरकारले ल्याएको अध्यादेशको खाल्डोमा नेपाली काँग्रेस आफैं पर्ने एमालेको ठहर छ । नेकपा एमाले फुटेर पनि संसदमा सबैभन्दा ठूलो दलको हैसितमा छ ।
सरकारले एमाले र जसपा फुटाइ सकेपछि अध्यादेशलाई निस्क्रिय गर्ने पक्षमा लबिङ गरिरहेको छ । जारी अध्यादेशलाई यतिक्कै अवस्थामा राखेको खण्डमा अरु दल फुटाउन ल्याएको खाल्डोमा आफैं पर्ने डर सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी नेतृत्वमा पनि छ । त्यही भएर पनि छिटो भन्दा छिटो अध्यादेशलाई निस्तेज पार्ने सरकारको दाउ रहेको राजनीतिका जानकारहरु बताउँछन् । त्यसका लागि सरकारमा सहभागि हुने तरखरमा लागेका गठबन्धन दल नेकपा समाजबादी, नेकपा माओवादी केन्द्र, जनता समाजबादी नेपाल दलसँग छलफल चलाइरहेको छ ।
त्यस भन्दा अगाडि मन्त्रिमण्डल बिस्तार गरेर सरकारलाई पूर्णता दिने तयारीमा लागेको बताइन्छ । आज आइतवार वा भोली सोमवारसम्ममा मन्त्रिमण्डल बिस्तार गर्ने अन्तिम तयारी राजनीतिक दलले गरेका छन् । मन्त्रिमण्डलले पूर्णता पाउन नसक्दा सरकारको कडा आलोचना राजनीतिक बृतमा भइरहेको छ । सरकार गठन भएको डेढ महिना बितिसक्दा पनि सरकारले पूर्णता पाउन सकिरहेको छैन । सरकारलाई पूर्णता दिन नसकेकोमा मुलुक भित्र र बाहिर प्रधानमन्त्री देउवाको कडा रुपमा आलोचना भएपनि आन्तरिक राजनीतिक सन्तुलन मिलाउनु पर्ने भएकोले पनि ढिला भएको बताईन्छ ।
राजनीतिक दल सम्वन्धी अध्यादेश राष्ट्रपति बिद्यादेवी भण्डारीबाट जारी भए लगत्तै माधव नेपाल र महन्थ ठाकुरको नेतृत्वमा नयाँ राजनीतिक दल गठन भएको छ । उनीहरुले राजनीतिक दलको मान्यता पाइसकेका पनि छन् । अव छिट्टै माधव नेपालहरु सरकारमा सहभागी हुँदैछन् ।
सरकार गठन ढिलाइमा जे जस्ता राजनीतिक कारण भएपनि मुख्य कारण भनेको राजनीतिक भागवण्डा र खिचातानी नै मुख्य बिषय मानिन्छ । भ्यागुताको धार्नी पुर्याउन खोज्दा प्रधानमन्त्री देउवालाई यस्तो आपत आइलागेको राजनीतिका जानकारहरु बताउँछन् ।