राजनीतिको व्यापार

फस्टाउँदै गएको यो
राजनीति हो ब्यापार ।
गार्हो छैन आजभोलि
राजनीतिको ब्यापार ।

किनबेच सजिलो छ
जोखिम छैन ब्यापार ।
दुई/चार जना सांसद मिली
गरेको यो ब्यापार ।

जति सांसद उत्ति मन्त्री
पड्काउने यो ब्यापार ।
टुक्रे, भत्के, चोइटिए पनि
घाटा छैन ब्यापार ।

जनता बन्ने भेडा बाख्रा
नेता गर्ने ब्यापार ।
रातारात मालामाल
गज्जब छ है ब्यापार ।।