कांग्रेसको वडा अधिवेशन भदौ १८ मा सबै नहुने
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिकाले फेरि फेला खाएको छ ।
क्रियाशील सदस्यतासम्बन्धी विवाद नटुंगिदा भदौ १८ गते सवै वडा अधिवेशन नहुने भएको हो । वडा अधिवेशन सुरु हुन दुई दिन मात्र बाँकी हुँदा ५६ जिल्लाको मात्रै क्रियाशील सदस्यता सार्वजनिक गरिएको छ । २१ जिल्ला मध्ये केहीको आज विवरण सार्वजनिक गर्ने भनिएको छ ।
‘देशभरका ६ हजार ७ सय ४३ वडामै एकैदिन अधिवेशन हुने अवस्था नभएपछि भदौ १८ मा अधिवेशन हुन नसकेका ठाउँमा अर्को मिति तोक्ने बताइएको छ ।
कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले वडा अधिवेशनदेखि पालिका अधिवेशनको बीचमा पर्याप्त समय भएकाले त्यस बीचमा गर्न सकिने बताएका छन् ।
‘जति ठाउँमा तोकिएको मितिमा वडा अधिवेशन हुँदैन, त्यहाँ निर्वाचन अधिकृतलाई नै नयाँ मिति तोक्ने अधिकार दिइएको उनले बताएका छन् ।
क्रियाशील सदस्यताबारे शीर्ष तहमा भएको सहमति कार्यान्वयन नगर्दा समस्या देखिएको महतले बताएका छन् । कांग्रेसमा बारा, सप्तरी, सिन्धुपाल्चोक, रसुवालगायतका जिल्लामा समायोजनको विषयमा विवाद छ ।
कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९–१३ सम्म काठमाडौंमा गर्ने भनिएको छ । तर वडादेखि नै अधिवेशन प्रभावित हुँदै गएमा केन्दीय महाधिवेशन पनि प्रभावित नहाला भन्न सकिन्न ।