जिल्ला प्रशासन कार्यालयमा कागजपत्रको विस्कुन

अधिकांस कागजपत्र काम नलाग्ने अवस्थामा

नवलपरासी । नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) सदरमुकाम गत विहीवार राति परेको भारी वर्षाले परासी बजार डुवानमा परेको थियो ।
सदरमुकाम परासी बजार क्षेत्रका अधिकांस घर डुवानमा परेका थिए । डुवानले उद्योग, कलकारखाना, पसलका सामान मात्र होइन, सरकारी कार्यालयहरुका कागजपत्र समेतमा क्षति पुगेको छ ।
परासीवासीले हालसम्म यस्तो डुवानको नदेखेको बताएका छन् ।
डुबानले जिल्लाका सरकारी सेवामा समेत प्रभाव परेको छ । कालयहरुका कागजपत्र भिजेर कतिपय काम नलाग्ने अवस्थामा पुगेका छन् भने कतिपय कागजपत्र दैनिक घाममा सुकाउने काम भइरहेको छ । जिल्ला प्रशासन कार्यालयका कागजपत्रहरु प्रांगण र वरपर कर्मचारीहरुले दैनिक सुकाउने गरेका छन् । धेरैजसो कागजपत्र भिजेर मसी उडेको, च्यातिएको, हराएको बताइएको छ ।