कान्ति राजपथ निर्माण अन्तिम चरणमा, २ करोड ९० लाख खर्च

काठमाडौं । कान्ति राजपथ निर्माणमा २ अर्व ९० लाख खर्च भइसकेको छ । अझै १० देखि १२ करोड थप रकम खर्च हुने अनुमान आयोजना प्रमुख ज्ञानेन्द्रकुमार झाले बताएका छन । हेटौंडाको बुद्ध चोकदेखि ललितपुरको टिका भैरवसम्मको कुल लम्वाई ७९ किलोमिटर छ ।
कुल लम्वाई मध्ये ७ किलोमिटर सडक मात्र अब कालोपत्रे हुन बाँकी रहेको आयोजना प्रमुख झाको भनाई छ । संघीय राजधानीसँग जोडिएको लतिलपुरको फेदी भन्ने स्थानमा बर्षायाम कारण वाराम्वार झर्ने पहिरो नियन्त्रण हुन नसक्दा सडक कालोपत्रे गर्न नसकिएको आयोजनाको भनाई छ । हेटौंडाबाट टिका भैरवसम्म सडक निमार्णको काम सम्पन्न भइसकेपनि त्यसयताको सडक बन्न नसक्दा सवारी साधन संघीय राजधानीमा निर्वाधरुपमा संचालनमा आउन सकिरहेका छैनन ।
टिका भैरवबाट सात दोवाटोसम्म बिचको सडक बन्न नसक्दा कान्तिराज पथ सडकको औचित्य सावित हुन सकिरहेको छैन । यो बिचको बाटो निमार्णको जिम्मा आयोजनाको कार्य क्षेत्र नभएको आयोजना प्रमुख झाको भनाई छ । उक्त सडक निर्माण सडक बिस्तार आयोजनाको हो । सो सडक पुरानो मानव बस्तीबाट बिस्तार गर्नुपर्ने भएकोले तत्काल त्यो संभव नभएको बताइएको छ ।