३ मुक्तक

लक्ष्मी उपाध्याय, धादिङ

सगरमाथा नेपालीको शिर देखेर
हिमाल सँगै पहाडको भिर देखेर
गौरवको गाथा गाउँछिन् मेरी तराई
आफ्नै काखमा यो नेपाली वीर देखेर
(१)

जीवनमा कहिल्यै मेट्न नसक्ने खत बसेको छ
अपराधीलाई छुटाउन जमानत बसेको छ
बालपनमा संस्कार दिने बाबुआमा नै नहुदा
खराब काम मात्र गर्ने उस्को ल्याकत बसेको छ
(२)

निरन्तर कुराकानी सुन्दर शान्त बानी देखेर
आफ्नै दिलमा पनि पराईको मनोमानी देखेर
छिट्टै बसाइँ सर्न सक्छिन् एक प्यारी राजकुमारी
हजुरकै मनभित्र प्रेमको राजधानी देखेर
(३)