कुन–कुन हुन कर नतिर्ने संस्थानहरु ?
काठमाडौं । गएको साउन १६ र २४ गते दुईपटक काठमाडौं महानगरपालिकाले गोरखापत्र दैनिकमा सार्वजनिक सुचना जारी गर्दै घर जग्गा र सम्पत्ति कर तिर्न सरकारी संस्थानहरुलाई ताकेता गरेपछि सरकारी संस्थानहरुको बास्तविक नियत छलङ्ग भएको छ ।
बबरमहलस्थित राजश्व बिभागले सार्वजनिक सुचनापश्चात लामो समयसम्म कर नतिर्ने सरकारी संस्थानहरुलाई लिखित रुपमै पत्रचार गरी कर बुझाउन सात दिनको समयसीमा तोकेर साउन २८ मा पत्र पठाएको छ । बिभागको पत्रपछि संस्थान र बिभिन्न निकायहरु यतिवेला सोचमग्न भएको बुझिएको छ । बिभागले संस्थान जस्तै समयमा कर नतिर्ने स्कुल, कलेज, अस्पताल, व्यापारी मललगायतलाई पनि पत्रचार गरी कर बुझाउन ताकेता गरेको छ ।
कर नतिर्ने संस्थानहरु
लामो समयदेखि महानगरलाई कर नतिरी अटेर गरी बसेका सरकारी संस्थानहरुमा नेपाल खाद्य संस्थान थापाथली, नेपाल बिद्युत प्राधिकरण पुरानो बसपार्क, राष्ट्रिय सहकारी बिकास बोर्ड पुल्चोक, कृषि सामाग्री संस्थान कुलेश्वर रहेका छन । यसैगरी, नेशनल ट्रेडिङ लिमिटेड रामशाहपथ, राष्ट्रिय नाचघर जमल, कर्मचारी संचयकोष भवन ठमेल, नेपाल शेयर मार्केट पुतलीसडक छन । मनमोहन अस्पताल स्वयम्भु, नेपाल चेम्बर भवन जमल, नेपाल रेडक्रस सोसाइटी कालिमाटी र रेडक्रस सोसाइटी प्रदर्शनी मार्ग पनि महानगरको कर नतिर्ने सुचीमा छन ।
ताकेता पछि उठयो कर
महानगरले घर जग्गा र सम्पत्ति कर सम्वन्धी सुचना प्रकाशित गरेपछि अघिल्लो हप्तासम्म ३ करोड ८९ लाख १६ हजार ९ सय ४६ रुपैयां राजश्व संकलन भएको जानकारी राजश्व बिभागका बिभागीय प्रमुख डा. शिवराज अधिकारीले दिएका छन ।
बिभागकाअनुसार वडा नम्वर ११ को एन आर टी क्लवले १० लाख र त्रिपुरेश्वरमा रहेको युनाइटेड वल्ड ट्रेड सेन्टरले १ करोड राजश्व बुझाएको छ । यसैगरी वडा नम्वर १३ को काठमाडौं इन्जिनियरिङ्ग कलेजले २५ लाख, वडा नम्वर १४ मा पर्ने नेशनल हस्पिटलले २४ लाख, शहिद मेमोरियल अस्पतालले १९ लाख २० हजार र वडा नम्वर १४ कै एल आर आई बोर्डिङ स्कुल स्युचाटारले २५ लाख कर बुझाएको बताइएको छ ।
यसैगरी वडा नम्वर १६ मा पर्ने होटल मस्र्याङदीले ८ लाख ७ हजार ९ सय १८, बुद्ध मलले ४७ लाख, १८ हजार र जनमैत्री अस्पतालले ६० लाख कर तिरेको बिभागश्रोतले जनाएको छ । वडा नम्वर २४ को सुरज आर्केटले ६ लाख, ७४ हजार १ सय १६, वडा नम्वर २६ मा पर्ने बैशाली होटल प्रालिले ५ लाख ९६ हजार, ८ सय ६४ रुपैयां कर महानगरलाई तिरेको बताइएको छ । वडा नम्वर ३० का प्रवीणबहादुर केसीले ८ लाख र स्टार मलले ५० लाख रकम कर बुझाएका छन ।
२ लाख ५ हजार करदाता इन्ट्री
बिभागकाअनुसार हालसम्म २ लाख ५ हजार जना महानगरपालिको डाटाबेश अर्थात कम्पयुटरको सफटवेयरमा सहभागि छन । उनीहरुले बषेर्नी समयमा कर तिरे वा नतिरेको सफट्वेरबाट हेर्न सकिन्छ । ती बाहेक पनि कर तिर्न योग्यहरुको संख्या थुपै्र रहेको र उनीहरुको पहिचान गर्ने काम बिभागले गरिरहेको बताइन्छ । व्यवसायी गरेर पनि व्यवसाय कर नतिर्ने व्यापारीहरु अझै थुप्रै छन । उनिहरुको पहिचान गरी अगामी दशैं, तिहार र छट पर्व पछाडि ताकेता गर्ने योजनामा बिभागको रहेको छ ।
६० करोड उठने अनुमान
महानगरले ०७८ साउन १६ र २४ मा गरी दुई पटकमा कर नतिर्ने व्यक्ति र बिभिन्न संघ, संस्था, होटललगायत गरी ७५ को नाम प्रकाशित गरेको थियो । जसमध्ये १३ ले कर बुझाइसकेका छन । बाँकीबाट पनि कर असुल हुँदै जाने अपेक्षा बिभागले गरेको छ । ७५ संख्याबाट करिव ६० करोड राजश्व संकलन हुने आंकलन बिभागको रहेको छ ।