लेकाली स्वावलम्बन बचत तथा ऋण सहकारीद्वारा पूर्व सभा कार्यक्रम सम्पन्न

लेकाली स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेड रेसुङ्गा नगरपालिका–१ तम्घास गुल्मीको पूर्व सभा कार्यक्रम सम्पन्न भएको छ । आइतबार यस सहकारीको २९ औं वार्षिक साधारण सभाको अवसरमा सञ्चालक समिति,लेखा सुपरिवेक्षण समिती, सल्लाहकार , शिक्षा उपसमिति, ऋण उपसमिति, हालसम्म संस्थाको विभिन्न पदमा रहेर उल्लखेनीय योगदान पु¥र्याउने पूर्व सञ्चालक समिति, पूर्व लेखा सुपरिवेक्षण समिति, बाह्य मूल्याङ्कलनकर्ता, कानुनी सल्लाहकार, वडा संयोजक र व्यवस्थापन बीच पूर्व सभा सम्पन्न गरिएको हो ।

सभाको अवसरमा संस्थाका सचिव बलबहादुर कुँवरले अघिल्लो वर्षको प्रस्तावित कार्यक्रम माथि समीक्षा, यस वर्षको प्रस्तावित कार्यक्रमहरु सहितको सचिवको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष कृष्णप्रसाद पोखरेलले आर्थिक वर्ष २०७७्०७८ को उपलब्धि, समीक्षा र आगामी आर्थिक वर्ष २०७८्०७९ को प्रस्तावित कार्यक्रम तथा बजेट सहितको कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । लेखा समितिको तर्फबाट आर्थिक वर्ष ०७७्०७८ को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

त्यस अवसरमा पूर्व व्यवस्थापक गोपाल बहादुर खत्री, पूर्व सञ्चालक ओमप्रसाद श्रेष्ठ, पूर्व उपाध्यक्ष चनक बहादुर कुँवर, पूर्व लेखा सुपरिवेक्षक समिति संयोजक पदमप्रसाद पाण्डे, पूर्वअध्यक्ष यम बहादुर थापा, निवर्तमान अध्यक्ष गोपाल पन्थीले मन्तव्य राख्नुभएको थियो । सभामा विभिन्न सहभागीबाट उठेका सुझाव तथा जिज्ञासहरुप्रति सम्बन्धित व्यक्तित्वहरुले प्रस्ट्याउनुभएको थियो ।

सभामा संस्थाका अध्यक्ष भुवनप्रसाद अर्यालको सभापतित्व, उपाध्यक्ष गणेश श्रेष्ठको स्वागत मन्तव्य तथा सचिव बल बहादुर कुँवरको सञ्चालन रहेको थियो। असोज एक गतेसम्म यस संस्थाको वासलात ५५ करोड ६३ लाख ११ हजार ५६१ रहेको संस्थाकी व्यवस्थापक कल्पना बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार यस सहकारीमा ३१ सय १७ जना सेयर सदस्य रहनुभएको छ ।