तौल पुलमा ट्राफिकको रजाई, यातयात व्यवस्था बिभाग हेरेको हेरै

काठमाडौं । सडक जोगाउन, सवारी साधन बचाउन र दुघर्टना न्युनिकरणका तीन मुख्य लक्ष्यसहित यातयात व्यवस्था बिभागले हाल दुई वटा तौल पुल निर्माण गरेको छ । यी सवारी तौल पुल राम्रोसँग प्रयोगमा आउन नपाई र प्रचार प्रसार नहुँदै ट्राफिक प्रहरीले यस्को धज्जी उडाइ दिएको समाचार छ । समाचारअनुसार बिभागको उदेश्य बिपरित ती पुलबाट ट्राफिक प्रहरीले मनग्गे फाइदा उठाउँदै उल्टै बदनाम गरेको आरोप पनि बिभागले लगाएको छ ।
सरकारले तोकेको मापदण्ड बिपरित सवारी साधनले बढी भार बोक्न नपाउन र बोकेको भए छडके चेकजाँच गरी कारवाही गर्न सकियोस भन्ने उदेश्यले तौल पुल बनाइएको थियो । तर बिभागको उदेश्य बिपरित बढी लोड बोकेका सवारी साधनसँग जरिवानाको नामम चिट काटने र उल्टै धम्काएर रकम असुल्दै निर्वाध रुपमा छोडिने गरेको छ । जसका कारण सडक जोगाउने बिभागको योजना धुलीसाथ भएको छ । सवारी पुल निर्माणको औचित्यमाथि नै यतिवेला प्रश्न उठेको छ ।
०७७ साल पुसमा पहिलो चरणमा चितवनको आँपटारीमा पाइलट प्रोजेक्टको रुपमा बिभागले तौल पुल निर्माण गरी प्रयोगमा ल्याएको थियो । तर यो यन्त्र प्रहरीको कमाई खाने भाँडो बनेपछि अन्यत्र ठाउँहरुमा अव निमार्ण गर्ने कि नगर्ने भन्ने दोसाँधमा बिभाग परेको छ । ओभरलोड बोकेर आएका सवारी साधनलाई तौल पुलमा हाल्ने र त्यसको पुष्टि हुनासाथ मापदण्ड भन्दा बढी भएको मालबस्तु त्यही झार्न लगाउने बिभागको योजना थियो । त्यस कार्यको लागि ट्राफिक प्रहरीको सहयोग अनिवार्य हुन्छ । यो काम ट्राफिक प्रहरीले राम्रोसँग कार्यान्वयनमा ल्याउन सकेमा ओभरलोडका कारण हुने दुघर्टनामा न्युनीकरन हुने, सडकको आयु पनि लम्विने, सवारी साधन चाडैं नबिग्रने र मर्मत खर्च पनि कम हुने बताइएको थियो ।
सवारी साधनले सामान लोड गर्ने स्थानबाट नै तोकेको मापदण्ड भन्दा बढी सामान लोड नगरुन र क्षमता भन्दा बढी सामान लोड गरेर आएको खण्डमा तौल पुल र प्रहरीको कारवाहीमा परिने डर उनीहरुमा परोस । ताकी सवारी धनी र चालक आफैं जिम्मेवार बनुन भन्ने बिभागको उदेश्य हो । यसका साथसाथै मापदण्ड भन्दा बढी सामान बोकेको खण्डमा तौल पुलको छडके कारवाहीको डरको कारण स्वयम सवारी धनी र चालकसमेत सचेत र होसियारी बन्न सकुन भन्ने बिभागको योजना थियो ।
तर तौल पुलको छडकेको लागि सहयागिको भुमिकामा रहेका ट्राफिक प्रहरी नै बिभागको काममा बाधक र अभिसाप बन्दै आएको आरोप छ । प्रहरीले कारवाहीको नाममा जरिवाना लिनेदेखि सवारी साधनसँग रकम असुल्ने गरेकोले बिकृति बढेको आरोप बिभागले लगाएको छ । बिभागको उदेश्य भनेको जरीवाना र राजश्व असुल्नु नभएर ओभरलोडका कारण सडक बिर्गान नपाउनु भन्ने नै हो ।
यातयात व्यवस्था बिभागले प्रदेश नम्वर २ को बर्दिवास तौल पुल निर्माण सम्पन्न गरी ०७८ भदौ ३० गतेवाट संचालनमा ल्याएको बताएको छ । खासगरी भौतिक पुर्वाधार तथा यातयात मन्त्रालयले प्रदेशस्तरमा यस्ता तौल पुल निर्माण गरी सवारी साधनले बोक्ने ओभरलोडका कारण सडक चाँडै नबिग्रियोस भनेर यस्तो अवधारणा बिभागमार्फत कार्यान्वयनमा ल्याउन खोजेको थियो । तर मन्त्रालय र बिभागले पाइलट प्रोजेक्टको रुपमा चितवनमा संचालित पुलबाट अपेक्षित सफलता हासिल गर्न नसकेपछि निराश भएको बताइन्छ । जसले गर्दा बिभागलाई तौल पुल पहिलो गाँसमा झिगां भने झै हुन पुगेको गुनासो बिभाग कर्मचारीश्रोत बताउँछ ।
मालबाहक ट्रक, टिप्परलगायत सवारी साधन र तिनले क्षमता भन्दा बढी लोड बोके नबोकेका तौल पुलमा जोखेर पत्ता लगाउने र अर्को पटक पनि त्यसो गरेको पाइएमा जरीवाना गराउने बिभागको मुख्य उदेश्य छ । अहिले त्यस उदेश्य बिपरित कार्य गरेर बिभागलाइै नै उल्टो बदनाम बनाउने काम भइरहेको बताइन्छ । सवा देखि डेढ करोड लगानीमा यी तौल पुल निर्माण भएको बताइएको छ ।
तौल पुलमा बिभागले करारमा तीन तीन जनाका दरले कर्मचारीको व्यवस्था गरेको छ । ओभरलोड बोकेर आएका सवारी साधनको तौल लिने र ओभर लोड बोकेको पाइएमा ट्राफिक प्रहरीको सहयोगमा सचेत गराउने बिभागको योजना रहेको छ ।
तर ट्राफिक प्रहरीले सचेत गराउनुको सट्टा उल्टै सवारी साधनसँग जरिवानाको नाममा रकम असुल्दै र छाडिदिने गरेको आरोप छ । ट्राफिक प्रहरीको यो हर्कतका कारण सवारी साधनलाई ओभरलोड सामान बोक्न झन उस्काएको जस्तो हुन पुगेको छ । उनीहरुकै कारण तौल पुल बनाउनुको कुनै अर्थ र लक्ष्यमा पुग्न नसकेको कर्मचारीको गुनासो छ । साथसाथै रोडको आयु बढाउन खोजेपनि ट्राफिक प्रहरी कारण बाधा पुगेको र आफुहरु उदेश्यमा सफल हुन नसकेको गुनासो बिभागका कर्मचारीले गर्ने गरेका छन ।
कतिसम्म भने निजी क्षेत्रबाट स्थापना गरिएका तौलपुलमा समेत ट्राफिक प्रहरीको आँखा जाने गरेको छ । उनीहरुले चाहेको खण्डमा सवारी साधनलाई ओभरलोड चेकजाँचका नाममा प्रहरीले हेभीदेखि मझौलालाईसमेत लाइन लगाएर लैजाने रकम असुल गर्ने गरेको आरोप छ । बिभागको उदेश्य साना र मझौला नभई सडक बिगार्ने ठुला र हेभी सवारी साधनलाई मात्र नियन्त्रण र कारवाही गर्ने भन्ने हो ।
ट्राफिक प्रहरीलाई सनक चल्दा साना तथा मझौलालाई पनि तौल पुलमा लैजाने र ओभरलोडका नाममा रकम असुल गर्ने गरेको बिभागश्रोत बताउँछ । प्रहरीले कुखुरा, अण्डा र पानी बोकेका साना सवारी साधनलाई तौल पुलमा पुरर्याएर तर्साउँने र रकम हात लगाउने गरेको बताइन्छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा तौलपुलबाट २ करोड राजश्व संकलन भएको बिभागश्रोतले जानकारी दिएको छ ।
तौल पुललाई ट्राफिक प्रहरीले बदनाम बनाएको भन्दै बिभागले गरेको गुनासोको सम्वन्धमा साघँुले नेपाल प्रहरीका प्रवक्ता बसन्तराज कुँवरसँग प्रश्न गर्दा उनी भन्छन ‘यो बिषय मलाई पहिलो पटक जानकारी भयो म अहिले र आजै प्रदेश ट्राफिक प्रहरीसँग बुझेर के भएको हो जानकारी लिने छु ।’