महिला जनप्रतिनिधीको रुपमा काम गरेर देखाउन पाउँदा खुशी छुु
– शोभा सापकोटा, अध्यक्ष, काठमाडौं महानगरपालिक, वडा नं. १४
काठमाडौं महानगरपालिका भित्र रहेका ३२ वडाहरु मध्ये सबै वडा कार्यालयहरुमा पुरुषहरुले नै चुनाव जितेर अध्यक्षको भूमिका निर्वाह गरिरहेका छन् । तर अपवादको रुपमा १४ नम्बर वडा कार्यालयको अध्यक्ष भने महिला हुनुहुन्छ । महिला अध्यक्षले हा“किरहेको वडामा के कस्ता बिकास निमार्णका काम भए होलान भन्ने कौतुहलता आम वडाबासीहरुमा हुनसक्छ । महिलाले नेतृत्व गरेको वडामा पुरुषले भन्दा अझ बढी बिकास निर्माणलगायत अन्य काम गरेर देखाउन सफल भएकी छन्, वडा अध्यक्ष सापकोटा ।
पुरुषभन्दा पनि महिला सक्षम छन भन्ने उदाहरण बनेर देखाउन सफल भएकी छन् वडाअध्यक्ष सापकोटा । महिला जनप्रतिनिधि भएकोले वडाको बिकास निर्माण, सामाजिक काम गर्नमा के कस्ता समस्या छन् र ती समस्या समाधानका लागि के कसरी सहयोग पाइरहनु भएको छ भन्ने प्रश्नमा सापकोटाले भन्नु भयो –‘मलाई सवै पक्षबाट सहयोग मिलेको कारण नै काममा सफलता पाएकी छु ।’ समग्र वडाको विकास, आगामी रणनीति र उहा“ले खेलेको भुमिकामा केन्द्रित रहेर वडा अध्यक्ष शोभा सापकोटास“ग रेसुङ्गा टुडे साप्ताहिकका लागि लक्ष्मी बोहोराले गरेको कुराकानी यहा“ प्रस्तुत गरिएको छ ।
तपाईंको कार्यकालमा यस वडामा भएका उल्लेख गर्न योग्य कामहरु के हुन ?
पहिलो कुरा त हामी जनप्रतिनिधी निर्वाचित भएर आउँदा यस कार्यालयको भवन थिएन । लामो समयसम्म भाडामा कार्यालय संचालन गर्नुपर्दा धेरै समस्या आए । अहिले हामीले आफ्नो कार्यालय भवन बनाएका छौं । ४ करोडमा यो भवन बनेको छ । यस भवनको क्षेत्रफल ८ आना २ पैसा रहेको छ । यो सरकारी स्वामित्वको जग्गा हो । यसलाई अहिले हामीले उपयोग गरेका छौं । पूर्वाधारको पक्षमा यो काम गौरव गर्न लायक छ । यी लगायत बिकास निर्माण र पुर्वाधारको क्षेत्रमा हामीले धेरे राम्रा काम गरेर वडाबासीको मन जित्ने प्रयत्न गरिरहेका छौं ।
मुलुकमा दुई वर्षदेखि कोभिड महामारीको त्रास जारी छ, वडाबासीहरुलाई महामारीबाट जोगाउन तपाईंहरुले के कस्तो भुमिका निर्वाह गरिरहनु भएको छ ?
काठमाडौंमा कोभिड १९ को पहिलो बिरामी यही वडामा देखिएको हो । कोभिड बिरामीको पहिचान हुनासाथ हामी र हाम्रा साथीहरु नआत्तिकन सचेत भएर परिचालित भयौं । वडाबासीलाई पनि सर्तक गरायौं । आजका दिनसम्म पनि हामी वडाबासीको स्वास्थ्य प्रति अत्यन्तै गंभिर भएर खटिइरहेका छौं । टोल टोलका क्लवहरुलाई सक्रिय बनाएका छौं । रोटरी क्लव, सामुदायिक प्रहरीको सहयोगमा वडामा रहेका गरीव घर परिवार, सुत्केरी, दीर्घ रोगीहरुलाई अस्पताल लगरे निशुल्क उपचार गर्नेदेखि राहत बितरण गरेर उल्लेखनिय काम गरेर देखाएका छौं । कोभिडको परीक्षण हप्तै पिच्छे गरिरहेका छौं । यो निशुल्क रुपमा हुँदै आएको छ । बुढाबुढीहरुलाई प्राथमिकतामा राखेर कोभिडको खोप लगाइरहेका छौं । मिर्गौला, क्यान्सरलगायत दीर्घ रोगीहरुले वडामा आएर निवेदन दिनासाथ उनीहरुलाई सरकारी अस्पतालमा लगेर कयौंको निशुल्क उपचार गर्ने व्यवस्था मिलाएका छौं ।
शिक्षा क्षेत्रमा वडा कार्यालयले के कस्तो भुमिका निर्वाह गरिरहेको छ ?
स्वास्थ्यको अलवा शिक्षाको क्षेत्रमा सामुदायिक विद्यालयलाई राम्रो बनाउनु पर्छ भन्ने मान्यतालाई आत्मसात गर्दै आएका छौं । हाम्रो लक्ष्य भनेको निजी स्कुल भन्दा सामुदायिक र सरकारी विद्यालय राम्रो बनाउनु पर्छ र हुनुपर्छ भन्ने हो । यही अनुरुप हामीले निजी स्कुलहरुसँग समन्वय गरेर शुल्क तिर्न नस्कने परिवारका बिद्यार्थीहरुलाई कम शुल्कमा पढाउन अनुरोध गरिरहेका छौं । हाम्रो अनुरोधलाई उनीहरुले स्वीकार गरेका पनि छन ।
सरकारी विद्यालय भन्नाले तल्लोस्तर गरीव, निमुखा व्यक्तिका छोरा छोरी पढ्ने स्कुल हो भन्ने मान्यतामा परिवर्तन गर्ने काम हामी गर्दैछौं । त्यसका लागि विद्यालयलाई आवश्यक पर्ने पूर्वाधारको निर्माण गनेर्, दिवा खाजा र प्रविधि मैत्री बनाउने योजना अघि सारेका छौं । यसमा पढाइको गुणस्तरसहित वातावरणीय पक्षमा सुधार गर्ने कामहरु भइरहेका छन् । हाम्रो मुख्य लक्ष्य भनेको निजीविद्यालयको तुलनामा सरकारी विद्यालयल राम्रो हुनुपर्छ भन्ने हो । अनि मात्र हेपिएको विद्यालयको अवस्थामा सुधार हुन्छ । यहाँ सबैखाले विद्यार्थी आउने वातावरणको सिर्जना गर्नु हाम्रो दायित्व पनि हो । यहाँ अहिले हामीले ३ वटा विद्यालयमा यस्तो सुधारको काम गरेका छौं । यहाँ निजी विद्यालयको तुलानमा सरकारी बिद्यालयको अवस्था राम्रो व्यवस्थित छ ।
यस वडा कार्यालयमा खानेपानीको अवस्था कस्तो छ ?
यस क्षेत्रमा खानेपानीको अवस्था पहिले देखि नै बिकरालको रुपमा रहेको थियो । यहाँ काकाकुलकै अवस्था थियो । पहिले पनि कुनै स्थानमा एक महिनामा धाराको पानी नआने, कुनैमा हप्तामा एक पटक आउने र कतै दैनिक रुपमा पानी आउने अवस्था थियो । हामी निर्वाचित भएर आउनासाथ खानेपानीमा काम गर्ने इन्जिनियर र खानेपानी वितरण केन्द्रका प्रतिनिधिसँग बसेर चुहावट नियन्त्रण र समान वितरणको व्यवस्था मिलाउन आग्रह गरर्यौ । पहिले महिना दिनसम्म पानी नजाने क्षेत्रमा अहिले हप्तामा एक पटक पानी आउने व्यवस्था मिलाइएको छ । खड्का गाउँमा खानेपानीको पाइप लाइन नै थिएन । त्यहाँ लगभग ८ सय घरधुरीको बसोबास छ । अहिले त्यहाँ खानेपानीको व्यवस्था गरिएको छ । त्यसमा प्रदेश, संघ सबैको सहयोग रहेको छ । त्यो मेरो योजना नै काम भएको हो । पहिलो चरणमा मेलम्चीको आयोजना यहाँ थिएन । त्यसको पहल कदमी गरियो । जसको फलस्वरुप पहिलो चरणमा पाइप बिछ्याउने काम भइरहेको छ ।
सडक पूर्वाधारको अवस्था कस्तो छ ?
अन्तर निकाय समन्वयको अभावले गर्दा काम गर्न केही समस्या आएका थिए । वडाले बाटो बनाउने त्यसमा खानेपानीले फेरि खन्ने गरिरहेको छ । यसका लागि हामीले सरकारी निकायबीच समन्वयकारी भुमिका हुनुपर्छ भनेका छौ. । भौतिक पूर्वाधारमा यो चार वर्षको अवधीमा धेरै बिकास निर्माणका काम भएका छन । तर पनि सर्सती हेर्दा त्यो पुगेको छैन । विकासका काम त भएका छन् तर प्रभावकारी हुन नसकेको मेरो बुझाई छ । महानगरबाट बजेट आएकै छ, प्रदेश र संघबाट पनि बजेट ल्याएर पनि बिकास निर्माणको काम अगाडि बढाएका छौं । आफ्नो नियमित बजेट त छदैछ ।
सामाजिक कार्यक्रम अन्तर्गत के कस्ता काम भएका छन् त ?
हाम्रो सामाजिक विभाग छ । त्यसले उद्घोषण, सिलार्ई बुनाइ, वेकरी जस्ता तालिम संचालन गर्छ । त्यसको अलवा ब्यूटी पार्लर र कौसी खेतीका तालिम संचालन गरिरहेको छ । जसका कारण महिला आफैं स्वरोजगार बन्न सक्छन । कौसी खेती गर्दा आफैंले उत्पादन गरेका ताजा र स्वस्थकर तरकारी खान पाइने छ । यसले समयको सदुपयोग गर्छ । साथै बिषादी रहित हुने भएकोले मानिसको आयु पनि बढाउँछ । विषादी रहित तरकारी पनि खान पाइन्छ । गड्यौला मल बनाउने तालिम संचालन भएका छन् । भुजिया, पापड, माला बनाउने तालिम पनि संचालन गरिएको छ । यस्ता धेरै किसिमका तालिमहरु संचालन गरिएको छ । जसबाट महिला र पुरुष दुबै लाभान्वित भएका छन् ।
सार्वजनिक जग्गा संंरक्षणको काम कसरी गरिरहनु भएको छ ?
यस वडामा सार्वजनिक जग्गा धेरै छैनन् । साना ५।५ आनाका टुक्रा मात्र रहेका छन् । यस्ता साना जग्गामा पनि अहिले हामीले पार्क निर्माण गरेका छौं । यस्ता पार्कहरु ११ वटा रहेका छन् । यसको लक्ष्य भनेको जग्गाको संरक्षणका साथसाथै हरियाली प्रवद्र्धन गर्ने भन्ने पनि रहेको छ र हामी यही अनुरुप काम गरिरहेका छौं । यसले जग्गाको संरक्षण त हुने नै भयो । यसको अलवा पार्क बन्दा वातावरण सफा हुने र जेष्ठ नागरिक लगायत अरुलाई समय कटाउनका लागि उपयुक्त र सार्वजनिक स्थान पनि हुने भएकोले यसको दोहोरो फाइदा रहेको छ ।
फोहोर व्यवस्थापन र सडक बत्तिको अवस्था कस्तो छ ?
सडक बत्तिका लागि हाइमाक्स राख्नका लागि टेण्डर भएको छ । यो अहिले कलंकी चोकबाट सोल्टीमोड चोकसम्म हुनेछ । त्यसको अलवा सिसिटिभी क्यामेरा जडानका काम भइरहेका छन् । सयवटा क्यामेरा राख्ने योजना गरेका छौं । त्यसको लागि टेण्डर भइसकेको अवस्था छ । बत्ति त मेयर उज्यालो कार्यक्रम अन्र्तगत हुने कुरा भइहाल्यो । वर्षातको पानीले त्यसमा असर गर्ने हुनाले बत्ति लामो समयसम्म टिक्दैन । यसो हुनाले कंहिकतै समस्या भएको हुन सक्छ । त्यसलाई हामी मर्मत गरेर पुन सुचारु गर्छौ । फोहोर व्यवस्थापन वडा कार्यालयको समन्वयमा महानगरपालिकाबाट नै भइरहेको छ ।
निर्वाचित जनप्रतिनिधीले गर्नुपर्ने तर कारणवश गर्न नसकेका कामहरु के छन् ?
काम त कहिल्यै सकिन्न । एउटा काम पुरा भएको जस्तो लागे पनि त्यो काम सम्पन्न भएपछि फेरि केही नयाँ कुरा थप्न पाए हुन्थ्यो जस्तो लाग्ने रहेछ । यो वडा अलि ठूलो छ । जनसंख्या पनि धेरै नै छ । कोभिडले पनि धेरै सोचे अनुरुपका काम गर्नका लागि समस्या खडा गर्यो । अहिले असोजको महिना पनि असार जस्तो छ । बर्षा अझै रोकिएको छैन ।
५०–६० लाख चालु बजेट छ । वडामा आउने बाटो अझै राम्रोसँग बन्न सकेको छैन । भवन बनेको एक वर्ष भयो । बाटो अझै बनाउन सकेको छैन । पानी नरोकिएसम्म यो काम गर्न सकिने अवस्था छैन । हामीले यसको लागि बजेटको व्यवस्था मिलाइ सकेका छौं । अरु पनि बाटाहरुको टेण्डर भइसकेको छ । वर्षात्का कारण कतिपय काम गर्न सकिएको छैन । ती काम हामी छिटो पुरा गर्ने तयारी भने गरिरहेका छौ । मुख्य सडकबाट करिडोर सम्मको ३.५ किमि सडकको काम पुरा गर्नु पर्नेछ ।
बयोधा अस्पतालसम्म पुग्नका लागि नदी कोरिडोर बनाउने योजना छ । यसले जामलाई कम गर्न सहयोग त गर्छ नै यसको अलवा निजी यातायात चलाउन सजिलो पनि हुन्छ । बल्खु खोलामा सिधा ढल खसाल्ने कामलाई रोक्नका लागि अहिले नक्सा पासमा सेफ्टी ट्याङ्की अनिवार्य गर्ने गरेका छौं । तर यसलाई रोक्न सकिरहेको छैनौ । तर, त्यसका लागि यहाँको ढललाई ह्युम पाइपको माध्यमबाट सुरक्षित तरिकाले मुख्य नदीमा लान सके हुन्थ्यो भन्ने लागेको छ । तर त्यो गर्न अझै समय लाग्छ । यो परिकल्पना वडाको हो । यसको काम वागमती एकीकृत सफाइ आयोजनाले गर्ने हो । तर कोरोनाका कारण बजेट रकमान्तर भएको हुँदा यो काम हुन सकेको छैन । यसमा भाटभटेनी लगायतका केही ठूला कम्पनीहरुको जग्गा पर्ने भएकाले उनीहरुसँग पनि हामीले सहकार्य गरेका छौं र यस योजनामा उनीहरुको पनि सहमति जुटेको छ । यो योजनालाई भोलिका दिनमा सम्पन्न गर्नेतर्फ हामी अगाडि बढ्नु पर्छ ।