बिचलित अवस्थामा किने पुगे प्रचण्ड ?

प्रचण्डको पार्टी एकता प्रस्ताव बाबुरामद्वारा अस्वीकार !

काठमाडौं । नेकपा माओवादी कै कारण मुलुकमा संघीयता, गणतन्त्र र धर्म निरपेक्षतासहितको परिवर्तन संभव भएको कुर्लने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिवेला बिचलित हु“दै गएको देखिन्छ । उनले पछिल्ला केही दिनदेखि दिएका अभिव्यक्तिले उनी निकै विचलित अवस्थामा पुगेको देखाएको छ । उनले आत्महत्यालाई सामान्य भन्दै आफूलाई पनि आत्महत्या गरौंगरौं जस्तो भएको बताएका छन् । आफूहरुको प्रयासबाट प्रतिगमन परास्त भएको दावी गर्दै आएका दाहालले शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तनका लागि जनयुद्धमा हामफाल्न आफू तयार रहेको बताएका छन् ।
पार्टीका सवै सांसद मन्त्रीका लागि आकांक्षी भएकाले आफू धेरै समस्यामा परेको बताउने दाहालले पहिले मर्न जान पाइन भनेर रिसाउने नेताहरु अहिले मन्त्री पाइने भनेर रिसाउने गरेको भन्दै पार्टीका नेताहरुको आलोचना गरेका छन् ।
एमाले फुटाएर माधव नेपाल र झलनाथ खनालको पार्टी निर्माणका लागि आफूले धेरै मेहनत गरेको प्रचण्डले बताएपछि माधव नेपाल प्रचण्डकै पिछलंगु रहेछ भन्ने सन्देश प्रवाह गराएका छन् । यसले गर्दा माधव नेपाल उनीप्रति असन्तुष्ट बनेको नेकपा एकीकृत समाजवादी पार्टी स्रोतले जनाएको छ ।
नेकपा एमालेसँग पार्टी एकता गरेर कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाउने र त्यसको नेतृत्व आफूले गर्ने योजनामा थिए, प्रचण्ड । एमाले अर्थात नेकपाको एकल नेतृत्व गर्न नपाइ छुट्टिनु परेपछि उनले एमालेलाई आफ्नो पार्टी भन्दा ठूलो हुन नदिन माधव–झलनाथलाई प्रयोग गरेर पार्टी फुटाइदिन ठुलै कसरत गरेका थिए । तर एमाले फुटे पनि त्यसले एमालेलाई खासै असर नपार्ने स्थिति भएपछि दाहाल निरास भएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।
गएको स्थानिय निर्वाचनमा नेपाली काँगे्रससँग राजनीतिक समिकरण गरेर चुनाव लडदा सोचेजति उपलव्धी नमिलेको भन्दै उनको पार्टी संसदीय निर्वाचनमा नेकपा एमालेसँग मिलेको थियो । चुनावमा काँग्रेसँग मिल्दा भन्दा एमालेसँग मिलेर अगाडि बढदा बढी फाइदा देखेपछि पार्टी एकता गर्न उनी अगाडि बढे । एकीकरणले पुर्णता नपाउँदै पार्टी अलग हुन पुगेपछि उनी अस्थिर बनेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन ।
केपी ओली नेतृत्वको सरकारलाई हटाउन उनले एमाले भित्र नै हुँडलो मच्याएका थिए । एमालेका बरिष्ठ नेता झलनाथ र माधव नेपालहरुलाई उकासेर एमाले फुटाएको स–गर्व रुपमा बताउँदै हिंडेका छन । नेकपा एकीकृत समाजबादी पार्टी निमार्णमा आफनो ठुलो योगदान रहेको बिभिन्न कार्यक्रमहरुमा बताउने गरेका छन । यसरी बेला बेलामा उनले दिने गरेको अभिव्यक्तिलाई बिश्लेषण गर्दा लाग्छ उनी अस्थिर नेता हुन । उनको बोलीमा कुनै तुक छैन ।
पार्टीले जनयुद्ध थाल्ने भए आफू हामफाल्न तयार रहेको घोषणा गरेर देश र दुनीयाँलाई हँसाउने काम उनले गरेका छन । शुक्रबार सपनाको पाण्डुलिपि गीति संग्रह विमोचनका क्रममा बोल्दै अध्यक्ष दाहालले बिश्वबाट कम्युनिष्ट जित भइरहँदा नेपालमा आफ्नो नेतृत्वमा यति ठूलो उपलब्धी गर्न सफल भएकोमा उनले गर्व गरेका छन । विश्वमा आन्दोलनहरु करिब करिब कतिपय ठाउँमा पराजित भएका थिए तर नेपालमा अहिलेको उपलब्धी हाम्रै बलमा भएको उनले बताए । तर जनयुद्धका नाममा हामी सधैँ लडिरहने हो भने हाम्रो पनि हालत ध्वस्त हुन्छ भन्ने देखेपछि आफुहरु शान्ति प्रक्रियामा आएका उनको दावी थियो ।
अध्यक्ष दाहालले देशमा फेरि एउटा जनयुद्ध चाहिएको उदघोष गरे । फेरी जनयुद्ध सुरु गर्ने हो भने म त हामफाल्न तयार नै छु तर अहिले नै हतियार बोक्ने र भूमिगत हुने भनेको होइन । प्रतिक्रियावादीले यसैगरी घेरा हाल्ने हो भने दलाल पुँजीपतिका निर्वाचन प्रणाली र शासकीय स्वरुप उल्ट्याउन सकिन्छ भन्ने हाम्रो बुझाई छ । अघिल्लो वर्ष पुस ५ को कदमविरुद्ध जस्तै मानिसलाई सडकमा उतारे व्यवस्था परिवर्तन गर्न सकिन्छ भन्ने उनको भनाई छ । केपी ओलीहरु संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने काममा लागेका थिए । तर हामीले मर्न समेत तयार भएर व्यवस्था जोगाउन सफल भयौँ उनको तर्क थियो ।
उनी बारम्बार यस्ता निराशाजनक कुरा गर्छन प्रचण्ड भन्ने बिषयमा पनि बहस हुन थालेको छ । प्रचण्डसँग लामै समय संगत गरेका माओवादीका प्रभावशाली नेता कार्यकर्तालाई अझ जुझारु बनाउन प्रचण्डबाट बेलाबखत यसप्रकारका अभिव्यक्ति आउने गरेको बताउँछन । अध्यक्षले हिजो प्रतिगमनविरुद्ध जीवन मरणको लडाईं रहेको त्यो कसरी पूरा गर्ने भन्ने सन्दर्भमा उक्त निराशाजनक अभिव्यक्ति दिएको हुनसक्ने नेता, कार्यकतहरुको बुझाई रहेको बताइन्छ ।
आफुहरुले लडेर ल्याएको परिवर्तनमाथि अरूको रजाईं चल्यो अनि परिवर्तन जोगाउन हामीलाई चुनौती भयो । उनी भन्छन यसलाई जोगाउने कि मर्न दिने भन्ने सन्दर्भमा आत्महत्याको कुरा गर्नुभएको हो ।
प्रचण्डको पार्टी एकता प्रस्ताव बाबुरामद्वारा अस्वीकार !
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको पार्टी एकता प्रस्ताव जसपाका नेता बाबुराम भट्टराईले अस्वीकार गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सँगै रहेका पूर्व सहकर्मी बाबुराम भट्टराईलाई प्रचण्डले पार्टीभित्र र बाहिरबाट आफुलाई घेरबन्दीमा पार्न खोजिएको भन्दै आवश्यक परे नयाँ ढंगको जनयुद्ध गर्न तयार रहेको बताए ।
उनले अहिले नै हतियार उठाउने वा भूमिगत हुने नसोचे पनि नयाँ ढंगको जनयुद्धको खोजी भइरहेको वताएका छन् । लाखौ जनता माओवादीसंग उत्रिए अहिलेको शासकीय स्वरुप र निर्वाचन प्रणालीलाई परिवर्तन गर्न सकिने बताउँदै प्रचण्डले जनयुद्ध लडेका सवै नेताहरुले रियलाइज गरेपछि अन्तिममा सवै एकै ठाँउमा भेट हुन सक्ने जिकिर गरे ।
उनले माओवादी नेतालाई एउटै मञ्चमा तत्काल नबोलाउन आग्रह पनि गरे । उनले एउटै मञ्चमा बोलाउँदा पुनः पार्टी एकता हुन लागेकाले धक्का पुग्न सक्ने बताए ।
तर जसपा नेता भट्टराईले पूर्वमाओवादीबीच कार्यगत एकता हुनसक्ने भएपनि एउटै ठाँउमा बस्न भने सम्भव नभएको धारणा स्पष्ट पारे । उनले पार्टी एकताका लागि बिचार, सिद्धान्त, संगठनात्मक तथा तत्कालिन र दीर्घकालिन कुरा मिल्नुपर्ने बताउँदै सहकार्य र चूनावी तालमेल भने गर्नुपर्ने बताए । जनयुद्ध अध्ययन प्रतिष्ठानको आयोजनामा प्रगतिवादी कवि गीतकार तथा संगीताका दिलीपकुमार श्रेष्ठद्वारा रचित सपनाको पाण्डुलिपी गीतिसंग्रह बिमोचन गरिएको हो ।