मन्त्री खतिवडा र सचिव पोखरेललाई बिच्छा बिझाउने

काठमाडौं । उमेर हदका कारण ०७८ कातिक ७ आइतवारका दिन सरकारी सेवाबाट अनिवार्य अवकाश पाएका प्रा. डा. रामपदार्थ बिच्छालाई प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो स्वास्थ्य सल्लाहाकार बनाएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा बिभागको महानिर्देशकको जिम्मेवारीमा रहेका बिच्छालाई सेवाबाट अनिवार्य अवकाश पाएको भोलीपल्ट नै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले दुईवर्ष कार्यकाल थप गरी सल्लाहकारमा नियुक्त गरेको छ ।
उमेर हदका कारण अनिवार्य अवकाशमा गएका बिच्छालाई कात्तिक १५ सोमवार बसेको मन्त्रिपरिषद बैठकले दुई वर्ष कार्यकाल थपेर स्वास्थ्य सल्लाहाकारमा नियुक्त गरेसँगै प्रधानमन्त्री देउवा नेतृत्व गठबन्धन सरकारको आलोचना चुलिएको छ । मन्त्रालय भित्र बिच्छा बिवादित र भ्रष्ट छवीका कर्मचारी परिचित छन । हाल स्वास्थ्य सेवा बिभागमा बरिष्ठ चिकित्सकसमेत रहेका डा. दीपेन्द्ररमण सिंहलाई लगिएको छ । नेकपा एकीकृत समाजवादीका नेता बिरोध खतिवडाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएसँगै बिवादित बिच्छालाई हटाएर सिंहलाई महानिर्देशकको जिम्मेवारी दिएका हुन ।
प्रधानमन्त्री देउवा सरकारमा यसअघि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई अहिले प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय हेर्नेगरी जिम्मेवारी तोकेका छन । हिजोको सेटिङ भत्किन नदिनको लागि बिच्छालाई सल्लाहकारमा नियुक्ति गरिएको र खोप खरिदबापत प्राप्त हुने कमिशन हात पार्न त्यसो गरिएको बताइएको छ ।
मन्त्रालयमा ११ तहको सबभन्दा कनिष्ट रहेका बिच्छालाई राज्यमन्त्री श्रेष्ठ र प्रधानमन्त्री देउवा पत्नी आरजु राणाको जोडबलमा बिभागको महानिर्देशक बनाएकोमा कर्मचारीहरु बिरोधसमेत जनाए । तर उनै बिवादित र भ्रष्ट छविका बिच्छालाई बिभागको महानिर्देशकदेखि प्रधानमन्त्री देउवाको स्वास्थ्य सल्लाहाकार बनाउन कस्ले भुमिका खेल्यो भनेर प्रश्न पनि उठेको छ ।
प्रधानमन्त्री पत्नी आरजु र राज्यमन्त्री श्रेष्ठ दुवै जनाले बिच्छासँग मोटो रकम असुलेर तीन महिना पनि सेवा अवधि नभएका बिच्छालाई यसअघि बिभागको महानिर्देशक बनाएकोमा उनीहरुको बिरोध भयो । मन्त्रालयमा नयाँ स्वास्थ्यमन्त्री नआउँदासम्म जतिसुकुै बिरोध भएपनि बिच्छा बिभागबाट टसमस हुनु परेको थिएन । यसको एकमात्र कारण भनेको देउवा पत्नी राणा र राज्यमन्त्री श्रेष्ठको बिच्छाले आर्शीवाद प्राप्त गर्नु रहेको बताइएको छ । मन्त्रालयको नेतृत्व परिवर्तन हुनु र उमेर हदका कारण सेवाबाट बाहिरिएका बिच्छालाई प्रधानमन्त्री देउवा स्वयमले स्वास्थ्य सल्लाकारमा नियुक्त गरेकोमा नेपाली काँग्रेस पदाधिकारीलेसमेत असन्तुष्टि जाहेर गरेको बताइएको छ ।
स्वास्थ्य सेवा बिभागको कोरोना माहामारी नियन्त्रण र रोकथामका लागि बिदेशी मुलकबाट करिव २२ देखी २५ अर्व रकम बराबरको खोप खरिद गरी ल्याउने लक्ष्य छ । आगामी चैत्र मसान्तसम्ममा सम्पुर्ण नेपाली जनतालाई खोप लगाइसक्ने बर्तमान सरकारको प्रतिवद्धता र तयारी पनि छ । खोप खरिद बापत प्राप्त हुने करोडौं कमिशन कसले पडकाउने भन्ने हानथाप मन्त्रालय भित्र चलेको बताइन्छ । तत्कालीन राज्यमन्त्री श्रेष्ठ, बिच्छा र आरजु राणाले कमिशन बाहिर पडकाउनका लागि मन्त्रालय भित्र राम्रै सेटिङ्ग मिलाएका थिए ।
तर सत्ता गठवन्धको भागबण्डा गर्दा स्वास्थ्य मन्त्रालय नेकपा एसको भागमा परेपछि माथि उल्लेखित पात्रहरु छटपटिन थाले । उनीहरुको यस्तो भित्री आशय बुझेर नै पत्नी आरजुको दवावमा प्रधानमन्त्री देउवाले घुमाइफिराई श्रेष्ठ र बिच्छालाई सरकार बाहिर पठाउन चाहेनन । पत्नी आरजुका व्यापारिक पार्टनरहरुलाई प्रधानमन्त्री देउवाले यसअघि नै खोजीखोजी र उनीहरुले रोजेको जिम्मेवारी दिएका छन । राष्ट्रिय योजना आयोग देखि प्रधानमन्त्री कार्यालय हुँदै सल्लाहाकारमासमेतमा पत्नी आरजुकै दवावमा परेर प्रधानमन्त्री देउवाले बिवादित छवि र बदनाम पात्रहरुलाई नियुक्ति दिएको बताइन्छ ।
स्वास्थ्य मन्त्रालयका सचिव डां रोशन पोखरेल मन्त्री खतिवडालाई सघाउने भन्दा पनि असहयोग बढी गरिरहेको समाचार छ । पंचायती व्यवस्थाको बिरुद्धमा खरो उपमा उत्रिएका र जेलनेल भोगेका मन्त्री खतिवडालाई सफल हुन नदिन सचिव पोखरेल ज्यान फालेर लागेका छन । मुलुकमा बहुदलीय व्यवस्था आइसकेपछि पटक पटक मकवानपुरका जनताबाट अनुमोदित भएपनि खतिवडाले मन्त्री बन्ने अवसर प्राप्त गर्न सकेका थिएनन ।
मन्त्री खतिवडालाई बिगतमा प्रधानमन्त्री पत्नी राणाको निर्देशनमा राज्यमन्त्री श्रेष्ठ र सचिव पोखरलले मन्त्रायलय अन्तर्गत गरेको कर्मचारी सेटिङ्गलाई भत्काउन नै मुश्किल परेको बताइन्छ । भरखरै स्वास्थ्य सेवा बिभागमा डा. दीपेन्द्ररमण सिंहलाई ससम्मान जिम्मेवारीमा फर्काउन सकेका छन । यसअघि तत्कालीन राज्यमन्त्री श्रेष्ठले १२ तहका बरिष्ठ चिकित्सक सिंहलाई मन्त्रालयमा अपमानपूर्वक तानेर विवादित र कनिष्ट चिकित्सक आरपी बिच्छालाई महानिर्देशक बनाएका थिए । सिंहलाई पुनः विभागको महानिर्देशकमै फर्काउने गरी मन्त्रालयले गरेको निर्णयलाई स्वास्थ्य मन्त्रालयका कर्मचारीहरुले सरकारको सही कदम भएको बताएका छन । स्वास्थ्य मन्त्री खतिवडा बिगत मन्त्रालयमा भएका बेथिति सच्चयाउनका लागि लागिरहेको भएपनि प्रशासनिक नेतृत्वले सहयोग नगरेको बताइएको छ ।
अव के गर्लान सचिव पोखरेल ?
उमेश श्रेष्ठ मन्त्री हुँदा आफैंले सेटिङ्ग मिलाएर बिभागको महानिर्देशक बनाएका १२ तहका कनिष्ट बिच्छा सेवाबाट अवकाश भएको भोलीपल्ट प्रधानमन्त्री देउवाको स्वास्थ्य सल्लाकारमा नियुक्ति पाएसँगै सचिव पोखरेल छटपटिमा परेका छन । आफ्नै ग्राइन डिजाइनमा महानिर्देशक बनाइएका र आफुभन्दा कनिष्ट बिच्छाको आदेश अव सचिव पोखरेलले मान्नैपर्ने भएको छ । हिजो मन्त्रालयबाट आदेश दिएर काम लगाएका बिच्छाको आदेश कसरी मान्ने भन्ने कुराले उनी छटपटीमा परेको उनी निकट श्रोत बताउँछ ।
त्यति मात्र कहाँ होर ! हिजोका दिनमा स्वास्थ्य मन्त्री स्वमले महानिर्देशकको जिम्मेवारीमा रहंदा काम काजमा खटाएका बिच्छाको सल्लाहसमेत अव मन्त्री खतिवडाले सुन्नैपर्ने बाध्यता रहेको छ । जसका कारण मन्त्री खतिवडा र सचिव पोखरेल दुवै जनाको लागि यो बिषय टाउको दुखाई बनेकोे बताइन्छ ।