आसन्न निर्वाचनमा काँग्रेस एक्ले चुनावमा जान्छः नेता केसी

      नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र केसीले आसन्न निर्वाचनमा काँग्रेस एक्लै जनताको बीचमा जाने बताएका छन् । भर्खरै सकिएको नेपाली काँग्रेसको महाधिवेशनमा रेसुङ्गा नगरपालिकाबाट निर्वाचित पार्टीका विभिन्न पदाधिकारीहरुलाई सम्मान गर्न नेपाली काँग्रेस रेसुङ्गा नगर समितिले आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै नेता केसीले कुनै पनि हालतमा गठबन्धन बिना नै काँग्रेस निर्वाचनमा जाने दाबी गरे ।

नेपाली काँग्रेसको जिल्ला स्थित पार्टी कार्यालय बीपी स्मृति भवन तम्घासमा भएको कार्यक्रममा नेता केसीले काँग्रेसलाई आसन्न तिनै तहको निर्वाचनमा पहिलो पार्टी बनाउन आग्रह गर्दै भने,–‘हामीले आफुले गरेका सबै गल्तीलाई सुधारेर एकल ढङ्गबाट पार्टीलाई जिताउन लागौं । आत्मालोचना गरेर अगाडी बढौं ।’ अहिले सबैको जिम्मेवारी गुल्मी जिल्लामा कांग्रेसलाई जिताउनु रहेको केसीले बताए ।

  लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले राष्ट्रिय राजनीतिलाई अब नेपाली कांग्रेसले डोराउने दाबी गरे । सम्मान ग्रहण गर्दै उपसभापति श्रेष्ठले भर्खरै सकिएको अधिवेशन एकताको अधिवेशन बन्छ कि बन्दैन भन्ने कुरामा आफू निकै चिन्ता रहेको बताए । 

उनले भने,–‘सबैले अधिवेशनमा जसरी क्रियाशिल देखाउनु भयो । त्यसरी नै अब आउने चुनावमा कांग्रेसलाई जिताउन पनि क्रियाशिल हुन आग्रह गर्दछु ।’ गुल्मी कांग्रेसलाई बलियो बनाउन सबै एक ढिक्का भएर लाग्नुपर्ने उपसभापति श्रेष्ठको भनाई छ ।

उपसभापति श्रेष्ठले सबै नेपाली जनताको भविष्य काँग्रेसले मात्रै उज्वल बनाउन सक्ने बताए । एक फरक प्रसंगमा उपसभापति श्रेष्ठले शिक्षा र स्वास्थ्यको क्षेत्रमा भइरहेको व्यापारीकरणप्रति लक्ष्यित गर्दै भने,–‘शिक्षा र स्वास्थ्यमा असाध्यै व्यापारीकरण भएको छ । यसलाई कांग्रेसले नीति बनाएर अन्त्य गर्नुपर्छ ।’

नेपाली कांग्रेस गुल्मीका सचिव भगतसिंह खड्का तथा काँग्रेसका पूर्व कोषाध्यक्ष श्रीप्रसाद भलामीले कांग्रेसले भर्खरै सकिएको महाधिवशेनबाट सबै समुदायलाई मिलाएर लगेको बताए ।आम जनताका माझ सबै मिलेर पुग्नुपर्ने बेला आएको भन्दै सबै तहका नेता कार्यकर्ता एक भएर जनताको बीचमा जानुपर्ने बताए । अबको एउटै उद्देश्य सबैलाई एक बनाएर काँग्रेसलाई जिताउनु रहेको उल्लेख गरे । नेपाली काँग्रेस रेसुङ्गा नगर सभापति जयश्वर पन्थीको सभापतित्व रहेको कार्यक्रममा सावित्रा भण्डारीको स्वागत तथा सचिव गुणाखर पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो । त्यस अवसरमा रेसुङ्गा नगरपालिकाबाट काँग्रेसको विभिन्न तहमा निर्वाचित भएका करिब ५० जनालाई सम्मान गरिएको थियो ।

मनु सुनार मनसुन
गुल्मी, १७ पुस