स्मार्ट लकडाउन : सर्वसाधरण नागरिक मर्कामा

सम्पादकीय

मुलुकमा तेश्रो लहरको कारोना महामारी अमिक्रोनको त्रास निकै बढेपछि स्थानीय प्रशासनले शनिवार मध्यराती देखि लागु हुने गरी सवारी साधनमा जोर बिजोर प्रणली लागु गरेको छ । जोर गते जोर र बिजोर गते बिजोर नम्वरका सवारी साधनलाई मात्र सडकमा गुडने अनुमति दिइएको छ । यसले सडकमा हुने सवारी साधनको भिडमाडलाई कमी गर्ला तर आफना सवारी साधन नहुने यात्रुहरु भने निकै मर्कामा परेका छन । यसै त काठमाडौं उपत्यकामा अफिस समयमा यात्रुहरुको चाप बढी हुँदा यात्रा गर्न त्यसै कठिन थियो । झन जोर बिजोर प्रणाली लागु भएपछि सडकमा सवारी साधन कम गुडन थालेका छन । यसको प्रत्यक्ष मारमा सर्वसाधरण नागरिक परेको देखिएको छ । बिहान बेलुकी हात मुख जोर्नका लागि सर्वसाधरण नागरिक दैनिक ज्याला मजदुरी, अन्य काम वा व्यवसाय नगरी पेट पाल्न र केटाकेटीलाई खुवाउन सक्ने अवस्थामा छैनन । अनि उनीहरुको चुल्हो बल्ने अवस्था पनि छैन । त्यसकारण पनि नागरिकहरुका लागि अहिले भएको स्मार्ट लकडाउ अझै कठिन बन्ने सुनिश्चित छ । अनावश्यक रुपमा हुने भिडभाड नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरेको भएपनि त्यसको असर निमुखालाई नै परेको छ ।
दैनिक अत्यावश्यक कामका लागि बाहिर हिडनु जो कोहीको बाध्या हो । तर बिरामी पर्दा र सानो तिनो समस्या आउँदा अस्पताल जानका लागि पनि सडकमा कम सवारी साधन गुडदा टयाक्सी वा एम्बुलेन्स प्रयोग गर्नुपर्ने बाध्यता सर्वसाधरण नागरिकमा परेको छ । जसका कारण उनीहरु थप मर्कामा परेका छन । स्थानीय प्रशासनले दैनिक अत्यावश्यक खाद्यन्न, फलफुल, मासु, पानी, पेट्रोलियम पदार्थ, औषधी, बैंक, बित्तिय संस्था, समाचारमाध्यम, एम्वुलेन्सलगायतका सवारी साधन र दुई पाङ्गरे निजी बहान संचालनमा रोक लगाएको छैन । तर पनि सार्वजनिक सवारी साधन निर्वाध रुपमा सडकमा गुडन नपाउँदा त्यसको प्रत्यक्ष असर भने निहत्था नागरिकमा नै परेको देखिइसेको छ । खाद्यन ढुवानी गरेर ल्याउने साधन जोर बिजोरमा परेपछि आयातमा कमी आउने सुनिश्चित जस्तै छ । यसको असर बजारमा तुरुन्तै पर्नेवाला छ । दैनिक उपभोग्य बस्तु दाल, तेल, माछा, मासु, चामल र तरकारीलगायतको मुल्य केही दिन भित्रमा बढने संभावना रहेको छ ।
कालाबजारी गरी मौकामा चौका हान्न पल्केका व्यापारीहरु सल्बलाउन थालिसकेका छन । यस्तै समयलाई उनीहरुले आफनो कमाउने उपयुक्त मौकाका रुपमा प्रयोग गर्दै आएका छन । त्यसकारण पनि मुल्य बढने संभावना रहेको देखिन्छ । यसतर्फ पनि स्थानीय प्रशासन र सम्वन्धित सरोकारवाला निकायहरुको ध्यान जान जरुरी छ । अहिले बजारमा सिटामोलको अभाव देखिएको छ । पर्याप्त सिटामोल भएपनि व्यावसायीले कृतिम अभाव सिर्जना गरेर बजारमा हाहाकार मच्चाइदिएका छन । उपभोक्तालाई दुख दिने र कमाउने मौका यही भन्दै मौकामा चौका हान्न पल्केका काला व्यापारीहरुमा अझ लोभ लालचा बढदा झन समस्या बढेको छ । कालाबजारी गर्ने जो सुकै भएपनि समयमा पहिचान गरी कारवाही प्रक्रिया अगाडि बढाउनु पर्छ । नत्र भने उनीहरुको मनोवल बढने र यस्ता अवैध गतिबिधिहरु थप बढन सक्छन । यसतर्फ स्थानीय प्रशासनको ध्यान बेलैमा जान जरुरी छ ।