अन्तरजातीय बिहे गरेको निहुँमा आक्रमण, न्याय माग्न सदरमुकाम

भोजपुर – अरुण –४, चरम्बीको दलित बस्तीका बासिन्दा अन्तरजातीय बिहे गरेको निहुँमा बर्बर आक्रमण भएपछि न्याय माग्न सदरमुकाम पुगेका छन ।

चरम्बीका निशान नेपाली र सुस्मिता राईले प्रेम विवाह गरेपछि राई समुदायबाट दलितमामाथि आक्रमण भएको हो । राई परिवारका तर्फबाट आएको समूहले दलित बस्तीमा पसेर बालबालिकादेखि वृद्धवृद्धासम्मलाई कुटपिट गरेको आरोप छ।

घटनापछि दलित बस्तीका नौ परिवारका सदस्य सदरमुकाम आएर न्यायका लागि हारगुहार गरिरहेका छन् । दुर्गा दर्जीका छोरा निशान र सुस्मिताले प्रेमबिहे गरेपछि भोजन राईको नेतृत्वमा रहेका पाँचजनाले साउन २२ गते दिउँसो दलित बस्तीमा पसेर कुटपिट गरेको आजको नागरिक दैनिकमा समाचार छ ।