रानाथारु सुचिकृत चाडै : सांसद राना

धनगढी – कैलाली क्षेत्र नम्बर पाँच बाट निर्वाचित सांसद नारदमूनि रानाले रानाथारु अब केही दिनमै सुचिकृत हुने बताएका छन ।

नेकपाका केन्द्रिय सदस्य समेत रहेका रानाले सोमबार धनगढी १३ स्थित कैलाली गाउँमा भईरहेको रानाथारुको तीजिया कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताएका हुन ।


प्रदेश सातको कैलाली र कञ्चनपुरमा मुल बसोबास रहेको आदिवासीमा सुचिकृतको मुद्दा लामो समयदेखि प्रत्येक चुनावमा उठेपनि सुचिकृत भने हुन सकेको छैन ।

२०७० सालमा नेपाली काग्रेसका सभापती शेरबहादुर देउबाले आफुलाइ तत्कालिन कैलाली छ बाट निर्वाचित गराए सुचिकृत गराइदिने बाचा गरेका थिए तर सुचिकृत भने हुन सकेन।

यसपटक(२०७४) को चुनाबमा पनि सुचिकृतको मुद्दा निकै पेचिलो बनेको थियो । सांसद रानाले सुचिकृतका लागि अरुको भर पर्ने भन्दापनि स्वयंम रानाथारु नै नियम कानुन बनाउने ठाउँ संसदमा पुग्नपर्ने भएकाले आफुलाइ निर्वाचित गराउन आग्रह गर्दै चुनावि एजेण्डा बनाएका थिए ।

कार्यक्रमलाइ सम्बोधन गर्दै यस्ता चाडपर्वले आम नेपाली लाई एकताको सुत्रमा बाध्ने भएकाले थारुहरुको तीजिया, गुरिया लगाएतका पर्वले पनि आम थारु मात्र नभइ सबै समुदायमा सद्भाव कायम राख्न महत्वपर्ण योगदान दिने रानाले बताए ।

अब देशमा राजनीतिक आन्दोलन सकिएको र मुलुक आर्थीक विकासमा लाग्नुपर्ने बताउदै स्पस्ट बहुमतको सरकार बनेको र सरकारले सुखि नेपाली समृद्द नेपाल निर्माणमा जुटेको दाबी गरे ।

तीज पर्वमा रानाथारु समुदायका चेलीले दाजुभाई र भतिजाहरूको सु–स्वास्थ्य र दीर्घायूको कामना गरी गर्दै निराहार ब्रत बस्ने गर्दछन् ।