गुल्मीमा मतदाता शिक्षा अभियान सम्बन्धी बैठक सम्पन्न
गुल्मीको सदरमुकाम तम्घासमा दलित महिला तथा सिमान्तकृत समुदायको निर्वाचन र राजनीतिक सहभागिता अभिवृद्धिका लागि मतदाता शिक्षा अभियान सम्बन्धी बैठक सम्पन्न भएको छ । दलित महिला संघ (फेडो) गुल्मीको आयोजनामा ‘मेरो मत मेरो अधिकार बन्छ, सुनौलो भविष्यको आधार’ भन्ने नाराका साथ दलित महिला तथा सिमान्तकृत समुदायको निर्वाचन र राजनीतिक सहभागिता अभिवृद्धिका लागि मतदाता शिक्षा अभियान अन्तर्गत जिल्लास्तरिय सरोकारवाला निकायबीच समन्वय बैठक सम्पन्न भएको हो ।
यस अभियान अन्र्तगत जिल्लाका ४ वटा स्थानीयतहमा रहेका दलित महिलाहरुलाई मतदाता शिक्षा प्रदान गरिने फेडो गुल्मीकी अध्यक्ष कमला बरालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको रेसुङ्गा नगरपालिका, मुसिकोट नगरपालिका, इस्मा गाउँपालिका र मालिका गाउँपालिकामा दलित महिलाहरुका लागि मतदाता शिक्षा प्रदान गरिनेछ ।
अध्यक्ष बरालले निर्वाचनमा मतदाता शिक्षाको अभवाले सबैभन्दा धेरै दलित समुदायको मत बदर हुने देखिएको भन्दै सचेतनाका लागि यो अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो । अध्यक्ष बरालले मतादाता शिक्षा अभियानको सन्दर्भमा दलित समुदायलाई केन्द्रीत गरि १० वटा नमुना मतदान स्थलमा मतदान गर्न सिकाइने समेत बताउनुभयो । सडक नाटक मार्फत समेत प्रशिक्षित गरिने उहाँको भनाई छ ।
नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले निर्वाचनमा विभिन्न प्रलोभनमा दलित समुदायलाई पार्ने गरिएको भन्दै यसतर्फ सबैको ध्यान केन्द्रीत हुनुपर्ने बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीकी उपसभापति राधा पन्थीले दलित मतदाता शिक्षा कार्यक्रमलाई दलित बस्तिमा पु¥र्याएर सचेतना वृद्धि गर्न आग्रह गर्नुभयो ।
‘मतदाता शिक्षा र मताअधिकारका विषयमा बस्ति–बस्तीमा पुर्याएर सचेतना गराउन जरुरी छ ।’–‘जब चुनाव आउँछ, कुन ठाउँमा दलित बस्ति धेरै छ, त्यसठाउँमा भोट किनबेचको कुरा चल्छ ।’ महिलाहरुलाई सक्षम बनाएर चुनावमा लैजान आवश्यक रहेको समेत पन्थीले धारणा राख्नुभयो ।
नागरिक समाज गुल्मीका संयोजक पदमप्रसाद पाण्डेले चुनाव निष्पक्ष बन्न नसकिरहेको बतानुभयो । अहिले पनि मतदाताहरुलाई विभिन्न प्रलोभनमा पारेर मतदान गर्ने परिपाटीको अन्त्य हुन नसकिरहेको बताउँदै मतदाता शिक्षाले त्यस्ता समस्याहरु हटाउन सहयोग पु¥र्याउनुपर्ने बताउनुभयो । सही र प्रभावकारी मतदाता शिक्षाले मात्रै सदरमत बढाउने बताउँदै अहिले पनि नेपालका ३५ प्रतिशत मानिसहरुले मतदान नगर्ने गरेको तथ्याङ्क प्रस्तुत गर्नुभयो ।
पाण्डेले भन्नुभयो,–‘नेपाल सार्वभौमसक्ता सम्पन्नशाली मुलुक हो । पाँच वर्षमा जनता मालिक बन्ने एक दिन मात्रै आउँछ । त्यो भनेको निर्वाचनमा मतदान गर्ने दिन हो ।’ उहाँले विवेक पु¥र्याएर मात्र मतदान गर्नुपर्ने बताउँदै कुनै पार्टीको दास भएर नबस्न पनि पनि आग्रह गर्नुभयो । सचेत दलित समुदायले असचेत दलित समुदायलाई निर्वाचनको महत्वका विषयमा जानकारी दिनुपर्ने बताउनुभयो ।
नेकपा समाजवादी पार्टीका जिल्ला नेता घनबहादुर खड्का, माओवादी केन्द्रका नेता अशोक थापा र नेकपा एमालेका जिल्ला नेता गणेश श्रेष्ठले निष्पक्ष रुपमा निर्वाचनका लागि राजनैतिक पार्टीहरु प्रतिवद्ध रहेको बताउनुभयो । जिल्ला समन्वय समिति उपप्रमुख तुल्सा श्रेष्ठले दलित महिलाहरु मात्र नभई गैरदलित महिलाहरु पनि कतिपय अवस्थामा सही मतदाता शिक्षाबाट बञ्चित भइरहेको भन्दै सबैलाई समावेश गरेर मतदाता शिक्षा सञ्चालन गर्न आग्रह गर्नुभयो ।
जिल्ला निर्वाचन कार्यालय गुल्मीकी निर्वाचन अधिकारी माया कुँवरले यस्ता कार्यक्रमले बदर मत घटाउनका लागि सहयोग पु¥र्याउने बताउनुभयो । उहाँले मैले किन मत दिने भन्ने विषयमा नागरिकहरुलाई प्रशिक्षित गर्न जरुरी रहेको बताउँदै समावेशी लोकतन्त्रका लागि यसले महत्व राख्ने बताउनुभयो ।
निर्वाचनका आचारसंहितालाई पालना गर्दै यस्ता कार्यक्रमहरुलाई नागरिकको घरुदैलोसम्म पु¥र्याउन सरकारी तथा गैरसरकारी संस्थासंगको सहकार्यमा अगाडी बढ्ने बताउनुभयो । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले मतदाता शिक्षा कार्यक्रम सिमान्तकृत समुदायसम्म पु¥र्यान अत्यन्तै महत्वपूर्ण रहेको भन्दै यसका लागि आवश्यक सहयोग गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।
फेडोकी अध्यक्ष बरालको अध्यक्षता रहेको बैठकमा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरिक्षक माधवराज खरेल, गैर सरकारी संस्था गुल्मीका विष्णु भण्डारी लगायत विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो । बैठकको सञ्चालन गर्दै फेडोकी विष्णु विश्वकर्माले निर्वाचनमा दलित महिलाले निधक्क रुपमा मतदान गर्न पाउने हकको सुनिश्चिताका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।