गुल्मीमा झण्डै २ सय जनाको
निःशुल्क मोति विन्दुको सफल शल्यक्रिया

गुल्मीमा झण्डै २ सय जनाको निःशुल्क मोति विन्दुको सफल शल्यक्रिया गरिएको छ । डाक फाण्डेनसको सहयोग तथा जिल्ला आँखा उपचार केन्द्र तम्घास गुल्मीको सहकार्यमा गत पुस देखि अहिलेसम्म तिन वटा निःशुल्क आँखा शिविर सञ्चालन भयो ।

तिनपटक सम्म आयोजना गरिएको निःशुल्क आँखा शिविरबाट १ सय ८४ जनाको निःशुल्क मोति विन्दुको शल्यक्रिया गरिएको जिल्ला आँखा उपचार केन्द्र तम्घास गुल्मीका नेत्र अधिकृत सूर्य बस्नेतले जानकारी दिए । उनका अनुसार तीन वटै शिविर सदरमुकाम तम्घासको आँखा उपचार केन्द्रमा सञ्चालन गरिएको थियो । शिविर सञ्चालनका लागि डाक फाण्डेनसले सहयोग गरेको हो ।

उनका अनुसार गत पौष ९ र १० गते निःशुल्क आँखा शिविर आयोजना गरियो । सोही शिविरबाट ५६ जनाको निःशुल्क मोति विन्दुको सफल शल्यक्रिया भयो । निःशुल्क आँखा शिविरमा झण्डै २ सय भन्दा धेरैले आँखा परीक्षण गराए । शल्यक्रियाका लागि रणअम्बिका शाह आँखा अस्पताल भैरहवा हाल परासी आँखा अस्पतालका निर्देशक सर्जन डा.सविता ढकाल तथा जिल्ला आँखा उपचार केन्द्र तम्घासको समुहले मोतिविन्दुको शल्यक्रिया ग¥र्यो ।

त्यस लगत्तै फागुन १६ गते निःशुल्क आँखा शिविर सञ्चालन गरियो । शिविरबाट २७ जनाको मोति विन्दुको निःशुल्क शल्यक्रिया गरियो । त्यस शिविरमा मोतिविन्दुको अप्रेशनका लागी ६० जना छनोट भएका थिए । तर सोही दिन नेपाल बन्द भयो । जसका कारण छनौट भएका सबै शिविरमा आउन सकेनन् । शिविरमा ७० जनाको आँखाको जाँच गरियो । सोही शिविरमा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान भैरहवाका नेत्ररोग विशेषज्ञ डा.अमन गुप्ता तथा जिल्ला आँखा उपचार केन्द्रका प्राविधिकहरुद्धारा अपे्रशन गरियो ।

डाक फाण्डेसनको सहयोगमा हालै फागुन २६ र २७ गते निःशुल्क आँखा शिविर आयोजना गरियो । दुई दिन सम्म सञ्चालन गरिएको शिविरबाट १०१ जनाको निःशुल्क मोति विन्दुको शल्यक्रिया गरिएको आँखा उपचार केन्द्र नेत्र अधिकृत बस्नेतले जानकारी दिए ।
शिविरमा चार सय भन्दा धेरैले आँखाको उपचार गराए । ३ महिना देखि ९१ बर्ष सम्मका व्यक्तिहरुले शिविरबाट सेवा लिए । पैसा नभएर आँखाको मोति विन्दुको शल्यक्रिया गर्न नपाएर बसेकाहरुको निःशुल्क शल्यक्रिया भएपछि उनीहरु हर्षित छन् ।
नेत्र अधिकृत बस्नेतका अनुसार यस अघिका शिविरमा मोति विन्दुको शल्यक्रियाका लागि सम्पूर्ण जनशक्ति बाहिरबाट ल्याउनुपथ्र्यो । तर अहिले एक जना मात्र सर्जन डाक्ट्रर बाहिरबाट ल्याए पुग्छ । उनका अनुसार मोतिविन्दुको शल्यक्रियाका लागि अन्य जनशक्ति जिल्लामै भएपनि मुख्य सर्जन डाक्टर नहुँदा बाहिरबाट बोलाउनु परेको हो । बाँकी जिल्ला आँखा उपचार केन्द्रका जनशक्ति सहितको समुहले शल्यक्रिया गर्दै आएको छ ।

जिल्ला आँखा उपचार केन्द्र तम्घासमा अहिले आफ्नै अत्याधुनिक ए–स्क्यान मेसिन रहेको छ । यसबाट मोतिविन्दुको शल्यक्रियापछि आखाँ भित्र राख्ने लेन्सको पावन मापन गरिन्छ । यसले उपचारमा थप सहजता प्रदान गरेको नेत्र अधिकृत बस्नेतको भनाइ छ । जिल्ला आँखा उपचार केन्द्र तम्घासमा आँखाको ९० प्रतिशतसम्म उपचार हुन्छ । जिल्लामा दैनिक आँखाको माइनर शल्यक्रिया र मासिक मोतिविन्दुको मेजर शल्यक्रिया गरिदैं आएको बस्नेतले बताए ।

आँखा उपचार केन्द्रले सदरमुकाम बाहिर ३ वटा उपशाखामार्फत सेवा प्रवाह गरिरहेको नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र गुल्मीका सभापति शेर बहादुर थापाले बताए । उक्त उपशाखाहरुबाट स्थानीयस्तरमै पनि आँखाको ६० प्रतिशत रोगको उपचार हुँदै आएको थापाको भनाइ छ । हाल सदरमुकाम बाहेक सिमलटारी आखाँ उपचार केन्द्र मालिका गाउँपालिका–८, शान्तिपुर आखाँ उपचार केन्द्र चन्द्रकोट गाउँपालिका र कृष्णहरी रुद्रावती आँखा उपचार केन्द्र मुसिकोट नगरपालिका वामीटक्सारबाट यसले सेवा पु¥र्याउँँदै आएको थापाले जानकारी दिए ।

यसले जिल्लाका विभिन्न स्थानमा रहेका विद्यालयहरुमा पुगी विद्यार्थीहरुको दृष्टि परीक्षण, समय–समयमा दातृ संस्थाहरुको सहयोगमा दृष्टिदोष भएका बालबालिका तथा ५० वर्ष भन्दा माथिकालाई निःशुल्क चस्मा वितरण गर्दै आएको सभापति थापाले बताए । सभापति थापाले कोभिड–१९ को महामारीले केही अवरोध पु¥र्याए पनि निःशुल्क आँखा शिविर सञ्चालन गरिएको बताए । उनले निःशुल्क आँखा शिविर सञ्चालनका लागि सहयोग पु¥र्याउने डाँक फाण्डेसनलाई धन्यवाद दिए ।