चट्याङ्ग लागेर गुल्मीमा एक महिलाको मृत्यु

मंगलबार राती गुल्मीको मदाने गाउँपालिकामा एक महिलाको चट्याङ्ग लागेर ज्यान गएको छ । जिल्लाको मदाने गाउँपालिका –४ म्यालपोखरीकी ४५ वर्षीया राधिका भट्टराईको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो । आफ्नै गोठमा गाई बस्तुलाई घाँसपात गर्ने क्रममा चट्याङ लागेर उहाँको मृत्यु भएको खरेलले बताउनुभयो । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।