गुल्मीदरबारको पहिलो कार्यपालिका बैठक सम्पन्न प्रसुती हुने महिलालाई निशुल्क एम्बुलेन्स सेवा”

– गुल्मीको गुल्मीदरबार गाउँपालिकाको पहिलो कार्यपालिका बैठक विभिन्न प्रस्ताव र निर्णयहरु गरि सप्पन्न भएको छ ! गाउँपालिकाका अध्यक्ष श्री सरोज कुमार थापाको अध्यक्षतामा बसेको बैठकले यस भन्दा अगाडीका बैठकका निर्णयहरुको समीक्षा गर्दै गुल्मीदरबार गाउँपालिकाका नागरिकहरुलाइ धन्यवाद ज्ञापन गरेको थियो उक्त बैठकले गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य संस्था बाट रिफर गरिएका प्रसुती हुने महिलाहरु लाई जुनसुकै ठाँउमा लैजान परेपनी निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको छ ! यसै गरि गाउँपालिकाको प्रशासकीय भवनको IEE को बाकी काम सम्पन्न गरि यसै आर्थिक बर्षमा DPR गर्ने गरि काम गर्ने निर्णय गरेको गुल्मी दरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी गराउनु भयो