गुल्मीमा बालयौन दुव्र्यवहारको आरोपमा शिक्षक प्रकाउ गुल्मीमा बालयौन दुव्र्यवहारको आरोपमा शिक्षकलाई प्रहरीले प्रकाउ गरेको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ३ स्थित प्रतिभा आधारभूत विद्यालयका शिक्षक रामहरि ज्ञवालीलाई बालयौन दुव्र्यवहार गरेको आरोपमा प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरिक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।

खरेलका अनुसार सोही विद्यालयको कक्षा ३ मा पढ्ने आफ्नै विद्यार्थीलाई शिक्षक ज्ञवालीले विद्यालय समयमै जेठ १७ गते यौनजन्य अस्वभाविक कार्य गरेको भन्दै पीडित विद्यार्थीका अभिभावकले प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा शिक्षक ज्ञवालीलाई प्रकाउ गरि बालयौन दुरुपयोग सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक खरेलले जानकारी दिनुभएको छ