जनताको सेवा प्रवाहमा तल्लिन गुल्मीदरबार गाउँपालिका
गुल्मीदरबार गाउँपालिकाको २३ औं कार्यपालिको बैठक विभिन्न निर्णय गर्दै सप्पन्न भएको छ । जनताको सेवा प्रवाहलाई मध्यनजर गर्दै सेवा प्रवाहलाई नागरिक मैत्री बनाउन सचिवालय स्थापना गर्ने निर्णय गरेको छ त्यसै गरि गाउँपालिकाको प्रवाहमा प्रभावकारीता ल्याउन दोस्रो गाउँ सभाबाट अध्यक्ष द्धारा पेश भएको नीति कार्यक्रममा गुल्मीदरबार गाउँपालिकाका गाउँसभा सदस्यबाट प्राप्त सुझाव सल्लाहलाई नीति तथा कार्यक्रममा समावेश गर्ने निर्णय गरिएको छ । त्यस्तै गाउँपालिकामा संचालित आ ०७८र०७९ का योजनाहरु महँगी,कामदारको अभाव तथा निर्वाचनको कारणले समयमै सप्पन्न हुन नसकेका योजनाहरुको लागि म्याद थप गरि अपुरा योजनाहरु चाडो भन्दा चाडो सप्पन्न गर्ने गरि निर्णय गरिएको छ । गुल्मीदरबार गाउँपालिकाका सबै कार्यलय बाट हुने सेवा प्रवाह जवाफदेहीता,पारदर्शितालाई मध्यनजर गरेर चुस्त दुरुस्त सेवा प्रवाह गर्ने निर्णय गरिएको गुल्मीदरबार गाउँपालिकाका प्रवक्ता शालिकराम टन्ड्नले बताउनु भयो ।