भारतले दुधवा–गौरीफन्टा सडकखण्ड मर्मत गर्ने

धनगढी – भारत सरकारले केन्द्रिय निधि योजना अन्तर्गतको दुधवा–गौरीफन्टा सडक स्तरोन्नती गर्ने भएको छ ।

पछिल्लो समय दुधवा राष्ट्रिय निकुञ्जकका कारण गौरीफन्टा बजार हटाएको र नाकाको स्तरोन्नती हुन नसकेको चर्चा चलेका बेला भारतको दुधवादेखि डिगनीया चौराह सम्म सडक सुदृढीकरण लागि मंगलबार शिलान्यास गरिएको हो ।

१७ करोड ८९ लाख भारतीय रुपैयामा गौरीफन्टा नजिकै सम्म २० किलोमिटर सडक निर्माणका लागि प्रेसिडेंट पार्कमा शिलान्यास गरिएको हो ।सो क्षेत्रका प्रदेश सभा सदस्य अजय मिश्राले सडकको शिलान्यास गरेका हुन् ।

भारत सरकारले भारतको स्वतन्त्रता दिवसको पुर्व सन्ध्यामा सडकको शिलान्यास गरिएको हो । सडक मर्मत सम्भार हुनेभएपछि सुदूरपश्चििमका विभिन्न जिल्लाबाट भारतमा उपचार रोजगारीका लागि सो सडक हुदै भारतका विभिन्न सहर जान सहज हुने भएका कारण प्रदेश सातका बासिन्दाहरु खुसी भएका हुन ।