सहकारीले राज्यलाई आर्थिक विकासमा ठुलो योगदान गरेको छ ः नगरप्रमुख पन्थी

गुल्मीको रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले सहरकारीले राज्यलाई आर्थिक विकासमा ठुलो योगदान गरेको बताउनुभएको छ । आइतबार ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड रेसुङ्गा नगरपालिका वडा नं.७ नेटा गुल्मीको २९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनुभएका नगरप्रमुख पन्थीले चुनाब लगत्तै नगरभित्रका सहकारीहरुको बैठक राखी सहकारीका विभिन्न समस्या, संचालन चुनौति र भावी रणनीतिका लागि कार्यक्रम गर्ने बताउनुभयो । उहाँले नगरपालिकाले सहकारीहरुको भावना र उद्धेश्य राम्ररी बुझेको बताउनुभयो ।  

साधारण सभामा आ.व. २०७८÷०७९ मा भए गरेका कार्यहरु र आ.व. ०७९÷०८० का लागि प्रस्तावित कार्यक्रम सहितको सचिवको वार्षिक प्रतिवेदन संस्थाका सचिव ठाकुरप्रसाद पन्थीले प्रस्तुत गर्नुभएको थियो । सचिव पन्थीले यस सहकारीको करिब ६ करोड पुजी भएको वासलते पेश गर्नुभएको हो । यस्तै कोषाध्यक्षको वार्षिक प्रतिवेदन कोषाध्यक्ष फर्सुराम पन्थी, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक प्रकाश मरासिनीले प्रस्तुत गर्नुभएको थियो ।
संस्थाको वार्षिक कार्यक्रम अनुसार विभिन्न व्यक्तित्वहरुलाई सम्मान एवं पुरस्कार वितरण समेत गरिएको थियो । ७० वर्ष उमेर पुरा भएका २ जना जेष्ठ शेयर सदस्यलाई करुवा, प्रमाणपत्र र खादाद्वारा सम्मान गरिएको थियो । सम्मानित हुने जेष्ठ शेयर सदस्यहरुमा जोगमाया सुनार र कुलानन्द पन्थी रहनुभएको छ । उत्कृष्ट सदस्यमा रघुनाथ पन्थी, उत्कृष्ट बचत कर्तामा शेयर सदस्य दुर्पता मरासिनी, उत्कृष्ट ऋणीमा शेयर सदस्यता पार्वती पाण्डे थापा सम्मानित हुनुुभएकोे थियो ।
२०७८ सालको एस.ई.ई.परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने शेयर सदस्यका छोराछोरी र बालबचतकर्ता सामुदायिक विद्यालयबाट १ छात्रा र १ छात्रा गरी जम्मा २ जनालाई सम्मान गरिएको संस्थाका अध्यक्ष शालिकराम पन्थीले जानकारी दिनुभयो ।
जसमा सामुदायिक विद्यालयबाट ३.८८ जि.पि.ए.प्राप्त गरी शेयर सदस्य रामप्रसाद पन्थीका छोरा बाल बचतकर्ता प्रशान्त पन्थी सम्मानित हुनुभएको छ । यस्तै छात्रा तर्फ सामुदायिक विद्यालयबाट ३.४० जि.पि.ए प्राप्त गरी शेयर सदस्य गुणानिधी पन्थीकी छोरी बाल बचतकर्ता कृतिका पन्थी सम्मानित हुनुभएको छ । सम्मानित हुने विद्यार्थीहरुलाई प्रमाणपत्र खादा र नगद पुरस्कारबाट सम्मान गरिएको अध्यक्ष पन्थीले जानकारी दिनुभयो ।
त्यस अवसरमा लेकाली साकोस गुल्मीका अध्यक्ष गोपालप्रसाद पन्थी, सल्लाहकार समिति सदस्य पिताम्बर पन्थी, जिल्ला बचत संघ गुल्मीका अध्यक्ष श्यामकुमार पाण्डे, जिल्ला सहकारी संघ गुल्मीका प्रतिनिधि देवबहादुर बस्नेतले साधारण सभाको अवसरमा शुभकामना दिनुभएको थियो ।
साथै जिल्ला सहकारी संघ लि.गुल्मीका संचालक समिति सदस्य देवबहादुर बस्नेत, सल्लाहकार समिति सदस्य टंकप्रसाद पन्थी, हिमलाल पन्थी, जयबहादुर चुँदारा, स्वावलम्बन महिला साकोस गुल्मीकी अध्यक्ष विमला गौतम, अमरकल्याण महिला विकास बहुउद्धेश्यीय सहकारी संस्थाकी अध्यक्ष रामकुमारी भट्टराई, अर्जुन कृषि बहुउद्धेश्यीय सहकारी संस्थाकी उपाध्यक्ष रुमादेवी गैरे, जनप्रिय बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक भविश्वर पाण्डेको लगायतको समेत आतिथ्यता रहेको थियो । संस्थाका अध्यक्ष शालिकराम पन्थीको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष मावराज पन्थीको स्वागत मन्तव्य तथा कोषाध्यक्ष फर्सुराम पन्थीको सञ्चालन रहेको थियो ।