दोलखाको उद्योग, खानी र खनिज संचालनमा ल्याउने एमालेको प्रतिवद्धता

दोलखा । नेकपा एमालेले दोलखा जिल्ला स्थित उद्योग, खानी र खनिज पदार्थलाई संचालन र प्रयोगमा ल्याउने प्रतिवद्धता जनाएको छ । आसन्न निर्वाचनको संघारमा प्रतिवद्धता सार्वजनिक गर्दै एमाले दोलखाले पब्लिक कम्पनीको रुपमा विकास गरी खरिढुंगा स्थित ओरियन्ट म्याग्नेसाईटलाई सहकारी र जिल्लाबासीको लगानीमा प्रभावकारी रुपमा संचालन गर्ने प्रतिवद्धता जनाएको छ ।
प्रतिवद्धता पत्रका अनुसार त्यसबाट पाँच सय जनालाई रोजगारीको अवसर सिर्जना हुनेछ । उक्त उद्योग लामो समयदेखि बन्द हुँदा रुग्ण अवस्थामा छ ।
यस्तै तामाकोशी गाउँपालिकामा रहेको खरिढुंगा खानी, विगु गाउँपालिका स्थित ढुंगा खानीलाई प्रभावकारी संचालन र व्यवस्थापन गर्ने, एक पालिका एक उद्योगग्राम, एक गाउँ एक उत्पादनको लागि नीतिगत व्यवस्थापन गर्ने प्रतिवद्धता पनि एमालेले जनाएको छ ।