रवि लामिछानेको पार्टीले घण्टी बजाउँदैमा सत्ता गठबन्धन आत्तियो : ओली
गठबन्धनको सरकारले मुलुकको आर्थिक व्यवस्थालाई तहसनहस पारेको ओलीको आरोप
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले चूनाव जिते ६ महिना सरकार बन्न नसक्ने दावी गर्नुभएको छ ।
सोमबार सोमबार चितवनमा आयोजित चूनावी सभालाई सम्बोधन गर्दै ओलीले स्वार्थका लागि मात्रै गठबन्धन बनेको भन्दै गठबन्धनले चूनाव जिते ६ महिना सरकार बन्न नसक्ने दावी गर्नुभएको हो । अध्यक्ष ओलीले गठबन्धनले जिते फेरि राजनीतिक अस्थिरता हुने भन्दै राष्ट्रियता, बिकास र स्थीरताका लागि एमालेको जीत आवश्यक रहेको धारणा राख्नुभयो ।
त्यस्तै उहाँले गठबन्धन देशका लागि अभिसाप भएकोले आगामी निर्वाचनबाट फाल्ने बताउनुभयो । ओलीले वर्तमान गठबन्धनको सरकारले मुलुकको आर्थिक व्यवस्थालाई तहसनहस पारेको जिकिर गर्नुभयो ।
उहाँले बिगतमा गरेका काम र वर्तमानका साथै भविष्यको योजना घोषणापत्रमा स्पष्ट राखेको जानकारी दिनुभयो ।

त्यस्तै अध्यक्ष ओलीले रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीले घण्टी बजाउँदैमा सत्ता गठबन्धन आत्तिने अवस्था आएको बताउनु भएको छ ।
उहाँले भन्नुभयो ‘चुनाव प्रचारका क्रममा ढ्याङ्ग्रो बजाएको होइन, घण्टी पनि बजाउन पनि नदिने१ु, उनले भने, ुघण्टी बजनाउँदैमा ढुंगा हान्नेरु भोट माग्दा दमा र नर्सिंङ्गा पनि बजाएको त होइन नि !’
ओलीले चुनाव लड्न तयार हुने जो कसैलाई रोक्न नहुने पनि बताउनु भएको छ । गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा सत्ताधारी दलले ५ जना नागरिकको ज्यान लिएको पनि उहाँले आरोप लगाउनु भएको छ ।
सत्ता गठबन्धन देशलाई घाँडो भएको बताउँदै मंसिर ४ को निर्वाचनबाट यसलाई फ्याँक्नु पर्ने बताउनु भएको छ ।