रवीन्द्र मिश्रलाई भोट माग्दै अभिनेत्री कोइराला

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई भोट माग्न बलिउड नायिक मनीषा कोइराला घरदैलोमा पुगेकी छिन् । काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मश्रिलाई भोट माग्दै अभिनेत्री कोइराला बबरमहल क्षेत्रमा घरदैलो गर्न पुगेकी हुन ।
यसअघि कुनै पनि राजनीतिक दलमा नखुलेकी कोइरालाले यस पटकको निर्वाचनमा राप्रपाका आमसभाहरूमा सम्बोधन गर्न थालेकी छिन् । घरदैलोका क्रममा बबरमहलमा आयोजित कोण सभामा कोइरालाप्रति आभार व्यक्त गर्दै मिश्रले भने ‘हामी उम्मेदवारलाई सघाउन र राप्रपाका पक्षमा देशव्यापी जनमत बढाउन यहाँको सकृय भूमिका र योगदानका लागि मनिषा जी प्रति पार्टी र मेरो व्यक्तिगततर्फबाट हार्दिक आभार व्यक्त गर्दछु ।’