मंसिरमा पनि बैंकहरुले ब्याजदर नघटाउने, व्यवसायी निरास
काठमाडौं । बैंकहरुले मंसिर महिनाका लागि पुरानै ब्याजदर कायम राख्ने भएका छन् । बैंकहरुले निक्षेपको मुद्धतिमा १२.३३ प्रतिशत ब्याजदरलाई मंसिर महिनाका लागि पनि लागू हुने गर्ने भएका छन् ।
यस्तै संस्थागत निक्षेपकर्ताका लागि १०.३३ प्रतिशत कायम छ । नेपाल बैकर्स संघका अध्यक्ष अनिल कुमार उपाध्यायले अहिले ब्याजदर बढाउने भन्दा पनि मेन्टेन गर्ने सहमति बैंकरहरुबीच भएको बताएका छन् । यद्यपि २६ वटै बाणिज्य बैंकको धारणा बुझ्न भने बैंकर्स संघका सिइओ अनिल शर्मालाई जिम्मा दिइएको उपाध्यायले बताएका छन् ।
उनीहरुको धारणा आइसकेपछि आधिकारिक रुपमै ब्याजदर घटबढ नहुने विषय सार्वजनिक गरिने अध्यक्ष उपाध्यायले जानकारी दिएका छन् ।
बैंकहरुले निक्षेपको ब्याजदर हरेक महिना रिभ्यु गर्न पाउने प्रावधान रहेको छ भने कर्जाको ब्याजदर रिभ्युका लागि भने तीन महिना कुनुपर्छ अर्थात त्रैमासिक रुपमा ब्याजदर रिभ्यु गर्न पाइन्छ ।
पछिल्लो समय उद्योगी व्यवसायीले बैंकको ब्याजदर बृद्धिको विरोध गरिरहेका छन् । तर बैंकहरु भने घट्ने पक्षमा नदेखिँदा व्यवसायीहरु निरास भएका छन् ।