राजनीतिलाई स्थायित्व र मुलुकलाई सहि दिशा दिन गठबन्धन अघि बढेको हो : सिंह
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रिय राजनीतिलाई स्थायित्व र मुलुकलाई सहि दिशा दिन गठबन्धन अघि बढेको बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा प्राज्ञिक, बौद्धिक तथा पूर्वराष्ट्रसेवक प्रचार प्रसार समितिले गरेको कार्यक्रममा नेता सिंहले संविधानलाई संस्थागत गर्न साथै नेपालको राष्ट्रिय राजनीतिलाई स्थायित्व दिन यस पटक काङ्ग्रेस सहितको गठबन्धनले जित्न आवश्यक रहेको समेत बताउनुभयो । उहाँले प्रतिपक्षको गलत कदमले संविधान असफल बनाउँदै, नेपाललाई पुन अस्थिरता तर्फ लानै लागेको समयमा गठबन्धन बनेर संविधानको संरक्षण गरेको धारणा राख्नुभयो । नेता सिंहले अहिले शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रलाई पुनसंरचना गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले गठबन्धनले जनतासंग गरेका प्रतिवद्धतालाई पुरा गरेरै छाड्ने दावी गर्नुभयो ।