नवलपरासी २ मा राप्रपाका प्रधानले जित्न सम्भावना प्रवल
रुपन्देही । पश्चिम नवलपरासीको क्षेत्र नम्बर २ मा राप्रपाका उम्मेदवार ध्रुवबहादुर प्रधानले जित्ने निश्चित प्रायः देखिएको छ । प्रधान प्रतिस्पर्धीभन्दा दोब्बर बढी मतले अगाडि हुनुहुन्छ ।
यसअघि नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलले जित्दै आएको यो क्षेत्रमा प्रधानले ६८९६ मतसहित अग्रता लिनु भएको छ । नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेलले २८६४ मत, एमालेका दीपेन्द्र अधिकारीले १५२२ मत पाउनु भएको छ ।
प्रदेशसभा १ मा पनि राप्रपाका उम्मेदवारले ४५८७ मतसहित अग्रता लिएका छन् । यस्तै नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले २७३९ र लोसपाका उम्मेदवारले २०७८ मत पाएका छन् ।