कांग्रेसका धनराज गुरुङ धर्नामा
स्याङ्जा । स्याङ्जा क्षेत्र नं. २ मा मतगणना गर्न माग गर्दै नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ धर्नामा बस्नु भएको छ ।
नेकपा एमालेले केही मतदान केन्द्रमा धाँधली भएको भन्दै पुनस् मतदानको माग गर्दै मतगणना गर्न नदिएपछि कांग्रेसका उपसभापतिसमेत रहेका गुरुङ मतगणना सुरु गर्न माग गर्दै मंगलबार निर्वाचन अधिकृतको कार्यालय वालिङमा धर्ना बसेका हुन् ।
मतगणना तत्काल सुरु नगरे आन्दोलनका थप कार्यक्रम गरिने स्याङ्जा कांग्रेसले जनाएको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले सबै समस्या निर्वाचन अयोगलाई जानकारी गराएको भन्दै अब आयोगको निर्णय अनुसार अघि बढ्ने बताउनु भएको छ ।
स्याङ्जा क्षेत्र नं. २ का विभिन्न स्थानका मतदान केन्द्र कब्जा भएको निर्वाचन आयोगमा निवेदन परेको छ । आयोगले आवश्यक निर्णय दिइसकेपछि मात्रै अन्य प्रक्रिया अगाडि बढने प्रजिअ क्षेत्रीले बताउनु भएको छ ।
स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नं. २ मा एमालेकी सचिव पद्मा अर्याल र कांग्रेसबाट धनराज गुरुङ उम्मेदवार छन् ।