झाँक्रीको हारपछि एकीकृत समाजवादी गुल्मीका अध्यक्ष महतले दिए राजीनामा
गुल्मी । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गुल्मीबाट पार्टीका उम्मेदवार पराजित भएपछि नेकपा एकीकृत समाजवादी, गुल्मीका अध्यक्ष श्रीराम महतले पदबाट राजीनामा दिएका छन् ।
गुल्मी क्षेत्र नम्बर २ बाट पार्टी नेतृ रामकुमारी झाँक्री नेकपा एमालेका सचिव गोकर्ण विष्टसँग पराजित भएकी हुन् ।
‘गुल्मी-२ मा भएको पराजयको नैतिक जिम्मेवारी लिँदै पार्टी जिल्ला अध्यक्ष पदबाट राजीनामा गरेको जानकारी गराउँछु,’ महतले बुधबार दिउँसो फेसबुकमा लेखेका छन् ।