अख्तियारद्ववारा शाह र थापा बिरुद्द बिशेष अदालतमा आरोपपत्र दायर
काठमाडौं । जिल्ला मुगु, छायाँनाथ रारा नगरपालिका वडा नं. ४ स्थित गैराज्युला सिँचाई आयोजनामा गैरकानूनी रुपमा भ्रष्टाचार गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७८ मंसिर ८ गते आरोप पत्र दायर गरेको छ । आयोगले लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान गरी कृषि ज्ञान केन्द्र जुम्लाका तत्कालीन प्रमुख (उपसचिव) डा. तपेन्द्र बहादुर शाह र सब–इन्जिनियर महेश बुढ्थापा बिरुद्ध आरोप पत्र दायर गरेको हो ।
आयोगले जिल्ला मुगु छायाँनाथ रारा नगरपालिका वडा नं. ४ बालैस्थित गैराज्युला कृषि सिँचाई आयोजनामा यथार्थ र वास्तविक नाँपजाच गरी कार्य मूल्याङ्कन गर्नुको साटो बद्नियत राखी नभए नगरेको कुरा देखाई योजनास्थलमा वास्तविक भएको काम भन्दा बढी रकम मूल्याङ्कन देखाएर भ्रष्टार गरेको बताएको छ । आयोगले झुठ्ठा बिल भरपाई, नापी किताब, मूल्याङ्कन बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी गराई २ लाख ११ हजार ३ सय १६ रुपैंया बढी रकम उपभोक्ता समितिलाई भुक्तानी गरेको आरोप आयोगले लगाएको छ ।
नेपाल सरकारलाई हानिनोक्सानी पु¥याएको र निजहरु तपेन्द्र बहादुर शाह र महेश बुढ्थापाले गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) द्वारा परिभाषित कसुर भएकोले निजहरु उपर बिगो दुई लाख एघार हजार तीन सय सोह्र रुपैयाँ छब्बीस पैसा कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपरको लागि मुद्दा दायर गरिएएको बताइएको छ । सब–इन्जिनियर महेश बुढ्थापाले नक्कली बिल भरपाई, नापी किताब, कार्यसम्पन्न प्रतिवेदन बनाई पेश गरेको र सोही नापी किताब एवं कार्य सम्पन्न प्रतिवेदनलाई एकिन नगरी हचुवाको भरमा स्वीकृत गरेको आरोप पत्रमा उल्लेख छ ।
तत्कालीन प्रमुख (उपसचिव) डा. तपेन्द्र बहादुर शाहले उपभोक्ता समितिलाई दुई लाख एघार हजार तीन सय सोह्र रुपैयाँ छब्बीस पैसा भुक्तानी दिने बदनियतले गलत प्रतिवेदन दिने कार्य गरी निजहरुले भ्रष्टाचार निवारण ऐेन ०५९ को दफा ५९ को उपदफा (२) बमोजिमको कसुरसमेत गरेको हुँदा निजहरु तपेन्द्र बहादुर शाह र महेश बुढ्थापालाई ऐ. ऐनको दफा ५९ को उपदफा (२) बमोजिम कैद र जरिवाना हुनसमेत मागदाबी लिइएको छ ।
साथै, गैराज्युला कृषि सिँचाई निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष बाँच बहादुर सेजुवाल, सचिव माया के.सी. भाम र कोषाध्यक्ष बिजकन्या भामले जिल्ला मुगु छायाँनाथ रारा नगरपालिका वडा नं. ४ बालैस्थित गैराज्युला कृषि सिँचाई आयोजनामा झुठ्ठा नापी किताब, मूल्याङ्कन बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी भुक्तनी दिएको आरोप पत्रमा उल्लेख छ । आयोजनास्थलमा वास्तविक भएको काम भन्दा बढी मूल्याङ्कन गरी गराई २ लाख ११ हजार भन्दा बढी रकम भुक्तानी लिई नेपाल सरकारलाई हानिनोक्सानी पु¥याई भ्रष्टाचार गरेको पनि आरोप पत्रमा जनाइएको छ ।
अख्तियार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेको हुँदा निजहरुलाई बिगो बमोजिम कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिमको सजाय हुन एवं बिगो जफत हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन ०५९ को दफा १९ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, ०५९ को दफा ४ बमोजिम बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिएका छन ।