बोहरासँग पछि परे गृहमन्त्री खाँण

बुटवल । रुपन्देही–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहराले गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खांणलाई ४७२ मतले पछि पार्नु भएको छ ।
बोहराले २७ हजार ६३१ मत पाएर अग्रता लिंदा सत्ता गठबन्धनका उम्मेदवार खाँणले २७ हजार १५८ मत पाउनु भएको छ । करिब १८ हजार मत गन्न बाँकी रहेको बताइएको छ ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जितबहादुर तेलीले चार हजार ८८६ मतसहित तेस्रो स्थान लिँदा नागरिक उन्मुक्ति पार्टीका तुल्सीप्रसाद थारु ३२६९ मत पाएर चौथो स्थानमा हुनुहुन्छ।