समानुपातिकतर्फ १ करोड ४२ हजार मत गणना, कुन दलको कति मत ?

काठमाडौँ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको मत गणना अन्तिम चरणमा पुगेको छ । बुधबार बिहानसम्म आयोगको वेबसाइटमा प्रविष्ट भएको तथ्याकंअनुसार १ करोड ४२ हजार ४ सय १४ मतगणना भएको छ। 
समानुपातिकतर्फ सबैभन्दा धेरै नेकपा ९एमाले० ले २७ लाख ९०४ मत ल्याएको छ। दोस्रो नम्बरमा कांग्रेसले २५ लाख ५९ हजार ०४२ मत प्राप्त गरेको छ। तेस्रोमा नेकपा (माओवादी केन्द्र) ले ११ लाख ४५ हजार ३९१ मत पाएको छ। 
माओवादीको पछि पछि रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार ६४७ मत ल्याएको छ। 
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७१ हजार १६९ मत ल्याएको छ भने जनता समाजवादी पार्टी, नेपालले ३ लाख ९६ हजार ८३९ र जनमत पार्टीले ३ लाख ६० हजार ६६९ मत ल्याएका छन् ।
नेकपा एकीकृत समाजवादीले २ लाख ८२ हजार ८८९ मत प्राप्त गरेको छ भने नागरिक उन्मुक्ति पार्टीले २ लाख ५० हजार ४३३ मत प्राप्त गरेको छ। 
समानुपातिकमा थ्रेस होल्ड कटाउन कूल सदर मतको तीन प्रतिशत मत ल्याउनुपर्ने हुन्छ। हालसम्मको परिणाम हेर्दा सात वटा पार्टीले मात्र थ्रेसहोल्ड कटाउने देखिन्छ ।