मतदातालाई बधाई दिन व्यस्त गुल्मीबाट निर्वाचित जनप्रतिनिधि

मनु सुनार मनसुन
गुल्मी, मङ्सिर १४ गते । गुल्मी क्षेत्र नम्बर–१ बाट निर्वाचित भई मतदातालाई बधाई र धन्यवाद दिन व्यस्त नेपाली काँग्रेस नेता डा.चन्द्र भण्डारीले यसपटकको निर्वाचनमा विकास पक्षधरको जित भएको बताउनुभएको छ । मङ्सिर चार गते सम्पन्न प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित नेता भण्डारीले काँग्रेसको मात्र जित नभई विकास पक्षधरको जित भएको जिकिर गर्नुभयो ।

सदरमुकाम तम्घास देखि विजय ¥यालीमार्फत मतदाताहरुलाई धन्यवाद दिन सुरु गर्नुभएका डा.भण्डारीले कालीगण्डकीको हर्मीचौर, अर्बेनी, पूर्तिघाट, फोक्सिङ्ग, जयखानी, भुर्तुङ्ग, खड्गकोटमा पुगी गुल्मीको समुन्नति हुने गरी विकास गर्ने बताउनुभयो । चन्द्रकोट गाउँपालिकाको ग्वाघा, शान्तीपुर, रुपाकोट, तुराङ्ग, सत्यवती गाउँपालिकाको जोहाङ्ग, जुनिया, भार्से, हुँदै रुरुक्षेत्र गाउँपालिकाको रिडि, छत्रकोट गाउँपालिकाको खज्र्याङ, दिगाम, दौंगाका मतदाताहरुलाई धन्यवाद दिदैं नेता भण्डारीले गुल्मेली जनताले आशा र भरोसा गरि दिएको एक÷एक मतको सम्मान गर्दै जिल्लाको विकास गरेर मूल्य तिर्ने बताउनुभयो ।

रेसुंगा नगरपालिकामा पर्ने उर्लेनी, दुबिचौर, भँगारी, गुल्मीदरबार गाउँपालिकाको चारपाला, गौडाकोट, राजा लगायतका स्थानमा पुगी उहाँले यस क्षेत्रका जनताले विकासका लागि आफुलाई विजयी बनाएको बताउनुभयो । यो जित आफ्नो मात्र नभएको बताउँदै समग्र गुल्मेली जनताको विजयी भएको उल्लेख गर्नुभयो । यस क्षेत्रको प्रदेश सभा (क) मा नेकपा एमालेका चिन्तामणि पाण्डे र प्रदेश सभा (ख) मा नेपाली काँग्रेसका धनेन्द्र कार्की विजयी हुनुभएको थियो ।