अध्यादेश संविधानसम्म्त भएको भन्दै थारु नेताहरुद्वारा स्वागत
काठमाडौं । थारु कल्याणकारिणी सभा/थरुहट/थारुवान संयुक्त सघर्ष समितिले हालै सरकारले ल्याएको अध्यादेश संविधानसम्म्त भएको भन्दै स्वागत गरेको छ । साथै समितिले अध्यादेश अघि बढाउन दवावमुलक आन्दोलन गर्ने जनाएको छ ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले मुलुकी फौजदारी संहिता कार्यविधि सम्बन्धमा संविधानसम्मत ल्याएको अध्यादेश सकारात्मक एवं स्वागतयोग्य रहेको दाबी गरेको हो । पहिचान र अधिकारको लागि थारु कल्याणकारिणी सभा/थरुहट/थारुवान संयुक्त सघर्ष समितिको शान्तिपूर्ण आन्दोलनको व्रmममा २०७२ भाद्र ७ गते भएको रहस्यमयी दुःखद टिकापुर घटनाको झुठा मुद्दा लगाइएका थारु नेता तथा कार्यकर्ताहरुको मुद्दा फिर्ता एवं बन्दिहरुलाई अविलम्ब रिहाइ गर्न पनि समितिको माग छ ।
समितिले अध्यादेशको पूर्ण समर्थन गर्दै सो को कार्यान्वयनको लागि माग गरेको छ । समितिले बुधबार थरुहट/थारुवानको सबै जिल्लाहरुमा अध्यादेशको पक्षमा शान्तिपूर्ण जनपरिचालन तथा ¥याली गर्ने भएको छ ।
त्यस्तै, बुधबार नै काठमाडौंको माइतीघर मण्डलामा अध्यादेश कार्यान्वयनको पक्षमा धर्ना तथा जुलुस निकाल्ने जनाएको छ । पत्रकार सम्मेलनमा थरुहट थारुवान राष्ट्रिय मोर्चाका अध्यक्ष लक्ष्मण थारुले पनि उक्त अध्यादेश राष्ट्रपतिबाट जस्ताको त्यस्तै यथाशक्य चाँडो जारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाले नागरिक उन्मुक्ति पार्टी सरकारमा जाने वा नजाने, सरकारलाई समर्थन वा नगर्ने विषय अध्यादेशसँग जोडिएको विषय नभएको पनि स्पष्ट पार्नुभयो ।
त्यस्तै थारु कल्याणकारिणी सभाका अध्यक्ष एवम् थरुहट/थारुवान संयुक्त संघर्ष समितिका संयोजक धनिराम चौधरीले अधिकार प्राप्तको आन्दोलनको क्रममा थुप्रै थारुहरु निर्दोष हुँदाहुँदैपनि जेल जीवन विताउन बाध्य भएको बताउनुभयो । उहाले आफूहरुले उक्त मुद्दा राजनीतिक मुद्दा भएकोले राजनीतिक तवरले समाधान गर्न आग्रह जिकिर गर्नुभयो ।
त्यस्तै कांग्रेसका नेता योगेन्द्र चौधरीले अहिलेको सरकारले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको सहमतिलाई निरन्तरता दिएको बताउनुभयो ।