गरिमा विकास बैंकद्वारा वैदेशिक रोजगार आईपीओ खाता संचालन
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंकले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई बैकिङ एवं शेयर मार्केटसम्म पहुँच पु¥याउने उद्धेश्यले वैदेशिक रोजगार आईपीओ खाताको सुरुवात गरेको छ ।
नेपाल धितोपत्र बोर्डले जारी गरेको निर्देशनानुसार प्राथमिक शेयर निष्कासन (आईपिओ) जारी गर्ने संस्थाले १०% शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि छुट्याउनु पर्ने व्यवस्था अनुसार त्यसलाई आवश्यक पर्ने सिआस्बा सुविधा दिनका लागि बैंकले विशेषतः यो खाता संचालनमा ल्याएको जनाएको छ ।
वैदेशिक रोजगारमा रहेका नेपालीहरुले सजिलै गरिमा विकास बैंकको आधिकारीक वेबसाईटमा उपलब्ध अनलाईन खाता खोल्न मिल्ने सुविधामार्फत यो खाता खोली डिम्याट, सिआस्बा र मेरो शेयरको सुविधा प्राप्त गर्न सक्ने बताइएको छ । साथै, यस विकास बैंकमा पहिला नै बचत तथा अन्य खाता हुने ग्राहकहरुले पनि सजिलै यो खाता खोल्न मिल्ने व्यवस्था मिलाईएको बताइएको छ ।
हाल, गरिमा विकास बैंकले नेपालभर १२१ शाखा कार्यालय, ५१ एटिएम एवं विभिन्न डिजिटल बैकिङ सुविधाहरु जस्तै ः डिजी बटुवा, डेविट÷क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ र अनलाईन खाता मार्फत सरल, सुरक्षीत तथा गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।