ज्येष्ठ सांसद राणाले राष्ट्रपतिबाट लिनु भयो शपथ, राणाले अरु सांसदलाई सपथ गराउने
काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य राप्रपाका सांसद पशुपतिशमशेर जबराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनु भएको छ । बुधबार शीतल निवासमा एक समारोहबीच राष्ट्रपति भण्डारीले राणालाई शपथ गराउनु भएको हो ।
बिहीबार ज्येष्ठ सदस्य राणाले २७४ जना प्रतिनिधिसभा सदस्यलाई शपथ गराउनु हुनेछ ।
निर्वाचन आयोगमा भरेको व्यक्तिगत फारममा महिन्द्रराय यादवको उमेर ८५ वर्ष उल्लेख थियो । तर, उहाँले आफ्नो नागरिकतामा उमेर धेरै भएको र वास्तविकता त्यस्तो नभएको भन्दै शपथ नलिने जानकारी गराएपछि आयोगले संसद् सचिवालयलाई ८१ वर्षीय राणालाई ज्येष्ठ सदस्यको नाम पठाएको थियो । सोही नाम संसद् सचिवालयले राष्ट्रपतिलाई बुझाएको थियो ।
संसद् सचिवालयले ७ पुस ९बिहीबार० प्रतिनिधिसभा सदस्यहरूको शपथ हुने सूचना जारी गरेको छ । राष्ट्रपति भण्डारीले आगामी १० पुससम्म प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरिसक्नु भएको छ ।