नेपाल बार एशोशिएसनको ऐतिहासिक स्थापना दिवस
काठमाडौं । नेपाल बार एशोसिएशनले स्थापना दिवस मनाएको छ । स्थापना दिवशको अवसरमा एशोसियसनले चियापान आयोजना गरेको थियो । सर्वोच्च अदालत २०१३ साल पुस ७ गते पूर्वान्ह ११ः३० बजे वरिष्ठ अधिवक्ता देवनाथ प्रसाद वर्मा, अधिवक्ताहरु योगेन्द्र प्रकाश मल्ल, पदमराज विष्ट, पूर्णलाल श्रेष्ठको पहलमा संस्था स्थापना गरिएको हो ।
सो अवसरमा अभिवक्ताहरु हेरम्ब प्रसाद उपाध्याय, इन्द्र बहादुर पाण्डे, पूर्णलाल श्रेष्ठ, गंगाप्रसाद तिमिल्सिना, नारायण प्रसाद श्रेष्ठ र मायानाथ उपाध्याय गरी कुल १० जना कानून व्यवसायीहरू सर्वोच्च अदालतमा भेला भएका थिए । त्यही बैठकद्धारा सर्वसम्मतिबाट नेपाल बार एशोसिएशन खडा गर्ने निर्णय गरिएको बताइएको छ ।
२०१३ पुस १४ गतेको बैठकबाट विधानको तर्जुमा गर्ने प्रस्ताव पारित भएको थियो । २०१३ पुस २८ गते देवनाथ प्रसाद वर्माको सभापतित्वमा ९ सदस्यीय कार्य समिति चयन गरिएको थियो । नेपालको पहिलो व्यवसायिक संगठनको गरिमा र गौरव पनि नेपाल बार एशोसिएशनको जन्म यसरी भएको एशोसियनका एक पदाधिकारीले बताएका छन ।।
स्थापना दिवसको अवसरमा सर्वोच्च अदालतका का.मु प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित सर्वोच्च अदालतका न्यायाधीशहरु साथै न्यायपरिषद्का सदस्यसहित सम्पूर्ण कानून व्यवसायीहरुको उपस्थितीमा शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न भएको नेपाल बारले जनाएको छ ।