प्रधानमन्त्री भएकोमा देउवाले दिए प्रचण्डलाई वधाई

माओवादीले नारायणकाजीलाई उपप्रधानमन्त्री बनाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ ।
सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने प्रस्ताव गठबन्धन बैठकमा लैजाने निर्णय गरेको माओवादी प्रवक्ता कृष्णबहादुर महराले बताउनु भएको छ ।
यसअघिको गठबन्धन जोगाउन आइतबार १२ बजेसम्म पर्खेको भएपनि कांग्रेसले यसअघि गरेको सहमति कार्यान्वयन नगरेकाले एमाले लगाएतका दलहरुसंग समझदारी बनेको उहाँले बताउनुभयो । पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि शेर बहादुर देउवाले बधाइ दिनुभएको उहाले बताउनुभयो ।
उहाँले नवनियुक्त प्रधानमन्त्री प्रचण्डले सोमबार अपरान्ह सपथ दिने र सानो मन्त्रिमण्डल विस्तार हुने जानकारी दिनुभयो ।