संसदको पहिलो बैठक पुस २५ गते बस्ने, सोही दिन प्रमले विश्वासको मत लिने
काठमाडौँ । सरकारले पुस २५ गते संसद बैठक बोलाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसद बैठक बोलाउन राष्ट्रपतिकहाँ सिफारिस गर्ने निर्णय गरेको हो । सो निर्णय अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार संसद बैठक आह्वानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेका छन् ।
मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रपति भण्डारीले १३ दिनको समय राखेर संसद बैठक आह्वान गर्नु भएको छ । उहाँले पुस २५ गते दिउँसो १ बजे संसद बैठक बोलाउनु भएको छ ।
४ मंसिरको चुनाव सम्पन्न भएपछि पहिलो पटक संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने तयारी गरकेो बताइएको छ । संविधानको धारा ७६ (२) अनुसार बनेको दाहाल सरकारले एक महिनाभित्र विश्वासको मत लिनु पर्ने हुन्छ।
संसदमा प्रधानमन्त्रीले कम्तिमा बहुमत (१३८) पाउनु पर्ने छ । तर दाहाललाई प्रधानमन्त्री बनाउन प्रतिनिधि सभाका १ सय ६९ सांसदको समर्थन गरेका छन् ।