विद्यार्थी आफैले हटाए आफ्नो संगठनका बोर्ड

काठमाडौं – क्याम्पस छिर्ने वितिकै कुनै राजनीकि दलको पार्टी कार्यालय जस्तै लाग्छ भन्ने आरोप खेप्ने आर.आर.क्याम्पस आजबाट भने सुन्दर, चिटिक्क देखिने छ ।

सार्वजनिक शिक्षा र शैक्षिक संस्था प्रति बिकर्षण बढिरहेका बेला आर आर क्याम्पसको स्ववियुले एउटा सकरात्मक कामको सरुवात गरेको छ ।

क्याम्पसको ५८औं बार्षिक उत्सवको पुर्व सन्ध्यामा स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको बृहत क्याम्पस सरसफाइ अन्तर्गत क्याम्पसमा रहेका सम्पुर्ण विद्यार्थी संगठनका होडिङ बोर्डहरु हटाएको छ ।

स्वतन्त्र विद्यार्थी युनियन आर आर क्याम्पसका अध्यक्ष तपेन्द्र जंग शाहीको नेतृत्वमा बोर्डहरु हटाइएको हो । क्याम्पसमा कृयाशिल सम्पुर्ण विद्यार्थी संगठनको उपस्थितीमा सरसफाइ गरिएको अनेरास्ववियु अध्यक्ष एवं स्ववियुका उपाध्यक्ष श्रीकृष्ण उप्रतीले जानकारी दिएका छन ।

“ अबको विद्यार्थी आन्दोलन सिर्जनात्मक, र रचनात्मक हुनपर्छ । कुनै काल खण्ड थियो सबै प्रकारका हत्कण्डा अपनाएर विद्यार्थीमा राजनीतिक एजण्डा पुरयाउनै पर्ने तर अब राजनीतिको टे्रण्ड फेरिएको छ । त्यो फेर्ने उदेश्यका साथ हामिले यो अभियानको थालनी गरेका हौ ।”


आर आर क्याम्पसले सुरुवात गरेको हो यसको सिको अन्य क्याम्पसले पनि गर्नुपर्ने उनको भनाइ छ । काठमाडौंको प्रदर्शनीमार्गमा रहेको रत्न राज्यलक्ष्मी क्याम्पसले यहि भदौ ४ गते आफ्नो ५८औं बार्षिक उत्सव मनाउदैछ ।