सचिवद्वय बिरुद्ध अख्तियारले गरर्यो मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामाजिक भत्ता हिनामिना गरेको आरोपमा बिशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले साविक खाल्ले गा.वि.स.को आर्थिक वर्ष २०७४÷०७५ र २०७५÷०७६ मा सामाजिक सुरक्षा भत्ता वितरणमा दोहोरो पर्ने गरी बितरण गरेको आरोप लगाएको छ । मानिस नै नभएको, मृत्यु भैसकेको, अभिलेख नै नभएको व्यक्ति तथा बसाईसराई गरी अन्यत्र गएको व्यक्तिको समेत सामाजिक सुरक्षा भत्ता वितरण गरेको भरपाई बनाई सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको आयोगले आरोप लगाएको छ ।
उक्त उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उक्त कार्यमा संलग्न निम्न प्रतिवादीहरुलाई देहायबमोजिमको कसुर सजाय र विगो असुलउपरको मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको बताइएको छ ।
आयोगका अनुसार तत्कालीन वडा सचिव मोहन प्रसाद आचार्यले आर्थिक बर्ष २०७४÷०७५ को पहिलो चौमासिक किस्ता र सामाजिक सुरक्षा भत्ता बितरण गर्दा ५५ हजार २ सय रुपैयाँ हिनामिना गरेको उल्लेख छ । उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम सार्वजनिक सम्पत्तिको हानि नोक्सानी कसुर गरेका दायर मुद्दामा उल्लेख गरिएको छ ।
त्यसैगरी, तत्कालीन वडा सचिव जानुका श्रेष्ठले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिको आर्थिक बर्ष २०७४÷०७५ र २०७५÷०७६ को दोस्रो किस्तासम्म बितरण ३० तीस जनाको नाममा निकासा गरी÷गराई १ लाख ७७ हजार हिनामिना गरेको दायर मुद्दामा जनाएको छ ।
त्यस्तै, तत्कालीन वडा सचिव पबन श्रेष्ठले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक बर्ष २०७५÷०७६ को तेस्रो किस्ता रकम हिनामिना गरेको बताइएको छ । उक्त वडाको सामाजिक सुरक्षा भत्ता बितरण गर्दा ७ ३५ हजार हिनामिना गरेको आयोगले जनाइएको छ ।
निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम सार्वजनिक सम्पत्तिको हानिनोक्सानीको कसुर गरेको देखिएको आयोगले जनाएको छ । उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिमको सजाय र बिगो बमोजिम जरिवानाको लागि असुल उपर हुनसमेत मागदावी लिइएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा २०७९ पुष ११ गते जारी प्रेस विज्ञप्ति जनाइएको छ ।
ध्चष्तभ तय च्बmजबचष् ऋजबगबिनबष्ल