आफूलाई विश्वासको मत दिन माधव नेपालसँग प्रचण्डको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई विश्वासको मत दिन आग्रह गरेका छन् ।
सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको भेटमा प्रधानमन्त्री दाहालले अध्यक्ष नेपाललाई सरकारलाई विश्वासको मत प्रदान दिन आग्रह गरेका हुन ।
यसअघि अध्यक्ष नेपालले प्रचण्डको अनुहार हेरेर समर्थन नगर्ने बताएका थिए । सरकारको न्यूनतम कार्यक्रमबारे आफूहरुसँग छलफल नभएको वताउँदै सरकारको काम हेरेर मात्र निर्णय लिने बताएका थिए ।
तर, प्रचण्डले माधव नेपाललाई पनि आफू नेतृत्वको सरकारमा समेट्ने प्रयास गरिरहेका छन् ।