अर्थ र राजस्व सचिव हेरफेर

काठमाडौँ । सरकारले अर्थ मन्त्रालयका दुई सचिवको हेरफेर गरेको छ। मन्त्रिपरिषदको आज बसेको बैठकले अर्थसचिव र राजस्व सचिव हेरफेर गरेको हो । वैठकले अर्थसचिवमा तोयम राय र राजस्वमा रामप्रसाद घिमिरेलाई ल्याएको हो ।
हाल मन्त्रालयमा कृष्णहरि पुष्कर अर्थसचिव र राजस्वमा रामेश्वर दंगाल थिए ।
अर्थ मन्त्रालयका सचिवमा आएका रायमा आन्तरिक राजस्व विभाग, भन्सार विभाग तथा अर्थ मन्त्रालयमा काम गरेको अनुभव छ। योभन्दा अघि उनी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा थिए ।
त्यस्तै राजस्व सचिवमा ल्याइएका घिमिरे पनि अर्थ मन्त्रालयकै अनुभवी हुन् । योभन्दा अघि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सचिव थिए ।