पुस २५ देखि माघ ४ गतेसम्म नारायणी नदी किनारामा महोत्सव हुने
काठमाडौं । पुस २५ गतेबाट माघ ४ गतेसम्म नारायणी नदी किनाराको प्रदर्शनी मैदानमा हुने मेलाको मेलाको तयारी अन्तिम चरणमा पुगको जानकारी दिएको छ ।
महोत्सव आयोजक समितिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनमा उद्योग वाणिज्य सङ्घ चितवनको आयोजना भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको प्रवद्र्धनमा महोत्सव गर्न लागिएको उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष एवं आयोजक मूल समितिका संयोजक चुन नारायण श्रेष्ठले जानकारी दिएका छन् ।
महोत्सवमा यस पटक पनि कृषिलाई पहिलो प्राथमिकतामा राखिने र चितवनको तोरी र मौरी पालन व्यवसायलाई प्रतिबिम्बित गरिने श्रेष्ठले बताएका छन् । कोरोनाका कारण समस्यामा परेको आर्थिक क्षेत्र, उद्यमी व्यवसायी र आम सर्वसाधारणलाई आर्थिक पुनरुत्थानको आयामको रुपमा महोत्सवलाई लिन सकिने उनले बताए ।
पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले चितवनको उत्पादनलाई बजारीकरण गर्नका लागि र आर्थिक क्षेत्रलाई पुनरुत्थान गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
त्यस्तै गोरखा उद्योग वाणिज्य संघ गोरखाको आयोजनामा ११ औं गोरखा महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला गोरखाको खेलकुद मैदानमा आगामी पौष २७ देखि माघ ७ गते सम्म आयोजना हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।