बागमतीको मुख्यमन्त्री माओवादीका जमकट्टेल, नेकपा एसको पनि समर्थन

हेटौडा । माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेलले बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
७० प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेश गरेका जमकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
जम्मकट्टेले मुख्यमन्त्रीमा दाबी गर्दा समाजवादीका सातजना सांसदले समर्थन गरेका छन् । 
जम्मकट्टेललाई एमालेका २७, माओवादीका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पर्टीका २ जना सांसदले समर्थन गरेका छन् ।